भिनफास्ट भीएफ६ र भीएफ७ ले भारत एनक्यापबाट पाए ५ स्टार सेफ्टी रेटिङ
भिनफास्टका दुई इलेक्ट्रिक एसयूभी मोडल भीएफ६ र भीएफ७ ले भारत एनक्यापमा ५...
भिनफास्टले भारतीय बजारमा दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ६ र भीएफ७ को बुकिङ सुरु गरेको छ। जुलाई १५ बाट यी सवारीको प्रि-बुकिङ २१ हजार भारुमा सुरु गरिएको हो । सो एसयूभीका लागि ग्राहकहरूले भिनफास्टको वेबसाइट वा नजिकको शोरूममा गई बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन्।
भीएफ६ र भीएफ७ को मूल्य अगस्त महिनामा सार्वजनिक गरिनेछ र त्यसपछि यी सवारीको डेलिभरी सुरु गरिनेछ। भारत मोबिलिटी ग्लोबल एक्सपोमा सो मोडल सार्वजनिक गर्दै भिनफास्टले भारतमा आफ्नो उत्पादन लाइनअपसहित पूर्ण रूपमा उपस्थित हुने लक्ष्य बनाएको थियो।
भीएफ७ एसयूभी आकारमा ठूलो, आरामदायी सिट, प्रशस्त क्याबिन स्पेस र आधुनिक प्रविधि समावेश छ । यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड कार टेक्नोलोजी, प्यानोरामिक ग्लास रूफ, वायरलेस चार्जिङ र एलईडी सिग्नेचर लाइट जस्ता फिचर उपलब्ध छ । साथै यसमा लेभल २ एडास प्रविधि पनि समावेश गरिएको छ।
भीएफ६ मोडललाई पारिवारिक कारको रूपमा प्रस्तुत गरिएको छ, जसमा स्टाइलिस डिजाइनका साथै सुविधा र सुरक्षा पनि ध्यानमा राखिएको छ। यसमा पनि लेभल २ एडास, आधुनिक इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड सुविधा, सिग्नेचर लाइटिङ र प्यानोरामिक रूफ जस्ता फिचर समावेश छ । कम्पनीका अनुसार यी दुबै मोडलहरू भारतीय ग्राहक र सडकको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । भिनफास्टले भारतमा प्रारम्भिक चरणमै १३ वटा डिलर साझेदारहरूसँग मिलेर २७ वटा शहरमा ३२ वटा डिलरशिप स्थापना गर्ने तयारी गरेको छ।
नेपाली बजारमा पनि भिनफास्ट ब्रान्ड भविष्यमा उपलब्ध हुनेछ । नेपालमा भिनफास्टको आधिकारिक वितरक पारामाउन्ट मोटर्स बनिसकेको छ । पारामाउन्ट मोटर्सले हाल एमजी, वुलिङ लगायतका गाडीको कारोबार गरिरहेको छ । भारतमा उत्पादन पश्चात यी गाडी नेपाल ल्याउने योजना भएका कारण यो ब्रान्ड पनि नेपाल प्रवेश गर्ने प्रतीक्षामा ग्राहक रहेका छन् ।
भिनफास्टका दुई इलेक्ट्रिक एसयूभी मोडल भीएफ६ र भीएफ७ ले भारत एनक्यापमा ५...
भिनफास्टले अटो एक्सपो २०२५ मा भीएफ७ र भीएफ६ इलेक्ट्रिक एसयूभी सार्वजनिक...
भियतनामको इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...