भारतमा इलेक्ट्रिक स्कुटर ल्याउने तयारीमा भियतनामी कम्पनी भिनफास्ट, दर्ता भयो नयाँ पेटेन्ट
भियतनामी प्योर ईभी निर्माता कम्पनी भिनफास्टले भारतमा नयाँ इलेक्ट्रिक...
भियतनामको इलेक्ट्रिक सवारी निर्माता कम्पनी भिनफास्ट भारतीय इलेक्ट्रिक मोटरसाइकल बजारमा प्रवेश गर्ने तयारीमा जुटेको छ। यसका लागि कम्पनीले भारतमा आफ्ना इलेक्ट्रिक स्कुटर बिक्रीका लागि डिलरशिप साझेदार खोज्न थालेकाे छ। इच्छुक डिलरले सेप्टेम्बर १५, २०२६ सम्म आवेदन दिन सक्नेछन् ।
भारतमा चारपाङ्ग्रे इलेक्ट्रिक सवारीमार्फत प्रवेश गरिसकेको भिनफास्टले अब दुईपाङ्ग्रे क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्न लागेको हो। कम्पनीले यसअघि जुलाईमा पहिलो चरणको डिलरशिप अभियान सञ्चालन गरिसकेको थियो। भिनफास्टका इलेक्ट्रिक स्कुटर सन् २०२६ को अन्त्यतिर वा २०२७ को सुरुतिर भारतीय बजारमा लन्च हुन सक्ने अनुमान गरिएको छ।
भिनफास्टले भारतीय बजारमा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको इभो, फेलिज र भाइपर लन्च गर्न सक्ने अनुमान गरिएको छ । साथै कम्पनीले म्याक्सी स्कुटर र इलेक्ट्रिक बाइकका केही कन्सेप्टका लागि समेत भारतमा डिजाइन पेटेन्ट गरिसकेको छ।
अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको इभो भिनफास्टको सबैभन्दा किफायती मोडल हो। यसमा १२ इन्चको ह्विल, २.४ किलोवाट आवरको ब्याट्री र हब-माउन्टेड मोटर रहेको छ। यसको तौल करिब ११० किलोग्राम छ। यसले टीभीएस आइक्युब, बजाज चेतक र एथर रिज्टासँग प्रतिस्पर्धा गर्ने सम्भावना छ।
त्यस्तै, फेलिजमा १४ इन्चको पाङ्ग्रा र ३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यसले फुल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिन्छ। यसको भारतीय मूल्य करिब ९५ हजार भारु आसपास हुन सक्ने अनुमान गरिएको छ।
भाइपर भने स्पोर्टी र प्रिमियम बिग-ह्विल स्कुटर हो। यसमा १.५ किलोवाट आवर र ३ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छ । कम्पनीका अनुसार सो संस्करणले क्रमशः ८२ किलोमिटर र १४५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ । यसको अधिकतम गति संस्करणअनुसार ७० देखि ९० किलोमिटर प्रतिघण्टासम्म रहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...