कोरला नाकाबाट भित्रिदै प्रोटोन ई.मास ५, डेलिभरी सुरु हुने

काठमाडौं – प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले कोरला नाकाबाट प्रोटोन ई.मास ५ ईभी भित्र्याएको छ । गत भदौ १० गते आएको बाढीका कारण केरुङ नाका बन्द भए पश्चात अन्य कम्पनी जस्तै प्रोटोनका गाडी पनि कोरला नाकाबाट नेपाल भित्रिएका हुन् ।

जगदम्बा मोटर्सले गत साउनको पहिलो साता औपचारिका रुपमा प्रोटोन ई.मास ५ ईभी लन्च गरेको थियो । त्यतिबेला नै प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराइएको सो गाडीको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । केही दिन भित्रै यी गाडी नेपाल भित्रिने र तुरुन्तै डेलिभरी गरिने समेत कम्पनी स्रोतले बताएको छ ।

ईमास५ को प्राइम भेरियन्टमा ३०.१२ किलोवाट आवर तथा प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २२५ किमी र ३२५ किमी रेन्ज दिने दाबी गरिएको छ । यसको प्राइम भेरियन्टमा ५८ किलोवाट र प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ ।

यस कारको इन्टेरियरमा १४.६ इन्चको स्क्रिन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेयरिङ ह्विल र किलेस इन्ट्री लगायत फिचर पाउन सकिन्छ । सुरक्षाका लागि कारमा ६ वटा एयरब्याग, एडास फिचर र ३६० डिग्री क्यामेरा राखिएका छन् ।

ईमास५ विश्वका अग्रणी अटो निर्मातामध्ये एक तथा विद्युतीय सवारी प्रविधिमा अग्रणी जिलीसँगको प्रोटोनको रणनीतिक सहकार्यमा उत्पाद गरिएको कार हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...