रोयल इनफिल्ड हिमालयन ४४० भारतमा लन्च, १० वर्षपछि फर्कियो पुरानो डिजाइनको नयाँ अवतार
काठमाडौं–रोयल इनफिल्डले नयाँ हिमालयन ४४० लन्च गरेको छ । कम्पनीले हिमालयन...
रोयल इन्फिल्डले हालै लद्दाखको लेहमा हिमालयन ७५० को शोकेस गरेको छ । सो बाइकको डिजाइन, हार्डवेयर र सम्भावित फिचरबारे चर्चा पनि बढेको छ। यसअघि पनि यसको प्रोटोटाइप विभिन्न स्थानमा परीक्षणका क्रममा देखिएको थियो।
हिमालयन ७५० मा नयाँ ७५० सीसी प्यारालल-ट्विन इन्जिन प्रयोग हुने अपेक्षा गरिएको छ। सो इन्जिन एयर एण्ड आयल कुल्ड हुन सक्ने अनुमान गरिएको छ र यो ६ स्पिड गियरबक्ससँग जोडिनेछ। रिपोर्टका अनुसार यसले करिब ५५ एचपी पावर र ६० एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा स्लिपर र असिस्ट क्लच पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।
हिमालयन ७५० को डिजाइन र हार्डवेयरमा पनि केही परिवर्तन हुन सक्ने अनुमान गरिएको छ । परीक्षण गरिएको बाइकमा १९ इन्चको फ्रन्ट र १७ इन्चको रियर अलोय ह्विल देखिएको छ । साथै, विभिन्न भेरियन्टमा स्पोक ह्विलको विकल्प पनि उपलब्ध हुन सक्नेछ। यसको अगाडि यूएसडी फोर्क र पछाडि मोनोशक सस्पेन्सन हुनेछ भने दुवै सस्पेन्सनमा आवश्यकताअनुसार एड्जस्टमेन्ट गर्न सकिने अपेक्षा गरिएको छ।
हिमालयन ७५० मा गोलो एलईडी हेडलाइट, ठुलो फ्युल ट्याङ्क, अग्लो विन्डस्क्रिन, ठुला ट्याङ्क श्राउड, स्प्लिट सिट, अपस्वेप्ट एक्जस्ट र रियर लगेज र्याक जस्ता विशेषता हुनेछ । सो बाइकमा टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, स्मार्टफोन कनेक्टिभिटी, गुगल म्याप्समा आधारित नेभिगेसन, यूएसबी टाइप-सी चार्जिङ पोर्टसहित कल र एसएमएस अलर्ट जस्ता फिचर पनि रहने सम्भावना छ।
हिमालयन ७५० मा क्रुज कन्ट्रोल र ट्र्याक्सन कन्ट्रोल पनि समावेश हुन सक्ने अनुमान गरिएको छ । सो फिचर समावेश भएमा यो रोयल इन्फिल्डको पहिलो क्रुज कन्ट्रोल र ट्र्याक्सन कन्ट्रोलसहितको मोटरसाइकल बन्न सक्छ। यसको अगाडि ड्युअल डिस्क ब्रेक र पछाडि सिंगल डिस्क ब्रेक उपलब्ध गराउनेछ । साथै यसमा ड्युअल च्यानल एबीएस हुने सम्भावना पनि रहेको छ ।
रोयल इन्फिल्डले हिमालयन ७५० को आधिकारिक लन्च मिति र मूल्य घोषणा गरिसकेको छैन। तर रिपोर्टका अनुसार यसको ग्लोबल डेब्यु ईआईसीएमए २०२६ मा र भारतमा मोटोभर्स २०२६ को आसपास हुन सक्ने अनुमान गरिएको छ । लन्च भएपछि यसले बीएमडब्ल्यु एफ ४५० जीएस, होन्डा एनएक्स ५०० र आगामी नोर्टन एट्लस जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न सक्नेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...