ओमोडा ५ को एक्सल खसेपछि चेरीका अध्यक्षले मागे माफी
काठमाडौं–मलेसियामा गुडिरहेको चेरी ओमोडा ५ को पछाडिको एक्सल अचानक...
काठमाडौं–विश्वव्यापी अटोमोबाइल बजारमा चिनियाँ ईभी निर्माता बिवाइडीले अमेरिकी अटो दिग्गज फोर्डलाई पछाडि पार्दै आफ्नो वर्चस्व कायम गरिरहेको छ ।
यसको प्रत्यक्ष उदाहरण ब्राजिलको कामासारीस्थित औद्योगिक परिसर बनेको छ, जहाँ कुनै बेला फोर्डका कार बन्थे भने अहिले बिवाइडीले विद्युतीय तथा हाइब्रिड गाडीहरू उत्पादन गरिरहेको छ ।
वर्षौंदेखिको घाटा र सुस्त बिक्रीका कारण फोर्डले सन् २०२१ मा ब्राजिलका आफ्ना सबै कारखाना बन्द गर्ने घोषणा गरेको थियो । त्यसको दुई वर्षपछि बिवाइडीले उक्त क्षेत्रमा सम्झौता गरी पुरानो संरचनालाई फेरेर आधुनिक एसेम्बली भवन निर्माण ग¥यो ।
अहिले कम्पनीले त्यहाँ डल्फिन मिनी, किङ र सङ प्रो जस्ता ब्याट्री इलेक्ट्रिक र हाइब्रिड मोडलहरू बनाइरहेको छ भने वार्षिक उत्पादन क्षमता ६ लाख युनिट पु¥याउने प्रक्रिया अघि बढाएको छ ।
फोर्डको पलायनपछि रोजगारी गुमाएर अनिश्चित बनेका स्थानीयका लागि बिवाइडीको आगमन ठूलो राहत बनेको छ । कारखानामा हालसम्म करिब ९ हजार स्थानीयले प्रत्यक्ष रोजगारी पाइसकेका छन् र यो संख्या वर्षको अन्त्यसम्म दस हजार पु¥याउने लक्ष्य राखिएको छ ।
ब्राजिलमा विद्युतीय र हाइब्रिड गाडीको माग तीव्र रूपमा बढिरहेको बेला बिवाइडीको यो विस्तारले ठूलो भूमिका खेलेको छ । प्रतिस्पर्धी मूल्य र आधुनिक प्रविधिको बलमा बिवाइडीले ल्याटिन अमेरिकी बजारमा अमेरिकी ब्रान्डहरूलाई विस्थापित गर्दै लगेको छ ।
कामासारीमा फोर्डको ठाउँ बिवाइडीले लिनु केवल एउटा कारखाना फेरिनु मात्र नभई, विश्व अटो बजार पारम्परिक अमेरिकी इन्धन गाडीबाट चिनियाँ हरित तथा विद्युतीय प्रविधितर्फ ढल्केको प्रष्ट संकेत हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...