ह्विल लक लागेकै अवस्थामा तीनवटा ह्विलले गुड्यो बीवाईडी एसयूभी
काठमाडौं–बीवाईडीको अफरोड एसयूभी फाङ चेङ बाओ बाओ ८ तीनवटा ह्विलमा गुडेको...
काठमाडौं–मलेसियामा गुडिरहेको चेरी ओमोडा ५ को पछाडिको एक्सल अचानक छुट्टिएर सडकमा खसेको घटनापछि चिनियाँ अटो निर्माता चेरीका अध्यक्ष यिन टोङयुएले माफी मागेका छन् ।
अक्टोबर ६ मा मलेसियाको जोहोर बारुमा गुडिरहेको ओमोडा ५ को पछाडिको ह्विल र सस्पेन्सनसहितको एसेम्बली छुट्टिएको थियो । घटनापछि मलेसियाको सडक यातायात विभागले उक्त मोडलका नयाँ गाडीको दर्ता अस्थायी रूपमा रोकेर प्राविधिक अनुसन्धान अघि बढाएको छ ।
चेरीले यसअघि ओमोडा ५ का ८ हजार ८७८ वटा गाडीलाई निरीक्षण तथा रिकल गर्ने बताएको थियो । कम्पनीले प्रभावित गाडीको जाँच गरी आवश्यक परे पार्टपुर्जा निःशुल्क बदल्ने जनाएको छ । यद्यपि, रिकलमा समेटिएका सबै गाडीमा एउटै समस्या पुष्टि भएको छैन ।
बेइजिङमा आयोजित विश्व बौद्धिक तथा कनेक्टेड सवारी सम्मेलनमा बोल्दै अध्यक्ष यिनले अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दा सवारीको गुणस्तर, सुरक्षा र ग्राहकप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले दीर्घकालीन ग्राहक विश्वास निर्माण गर्नु कम्पनीका लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
ओमोडा ५ मा यसअघि पनि एक्सलसम्बन्धी समस्या देखिएको रिपोर्ट आएको थियो । तर, उक्त घटनाले गाडीको सुरक्षा र निर्माण गुणस्तरबारे थप प्रश्न उठाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...