ह्विल लक लागेकै अवस्थामा तीनवटा ह्विलले गुड्यो बीवाईडी एसयूभी

काठमाडौं–बीवाईडीको अफरोड एसयूभी फाङ चेङ बाओ बाओ ८ तीनवटा ह्विलमा गुडेको भिडियो सार्वजनिक भएको छ ।

चीनको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा अगाडिको एउटा ह्विलमा ह्विल लक लगाइएको अवस्थामा समेत एसयूभी सडकमा गुडिरहेको देखिन्छ ।

चीनको जियाङ्सु प्रान्तस्थित लियानयुङगाङको सडकमा खिचिएको भनिएको भिडियोमा गाडीको अगाडिको बायाँ ह्विलामा पहेँलो र रातो रङको धातुको ह्विल लक जोडिएको छ । गाडीले उक्त ह्विलमाथि उठाएर अन्य तीनवटा ह्विलको सहायताले गति लिएको देखिन्छ ।

यसको मुख्य आकर्षण बीवाईडीको डिसस–पी अल्ट्रा हाइड्रोलिक सस्पेन्सन प्रणाली हो । यो प्रणालीले प्रत्येक ह्विलको उचाइ छुट्टाछुट्टै नियन्त्रण गर्न सक्छ ।

यसले कठिन भूभागमा गाडी चलाउन, ह्विल फेर्न र आवश्यक अवस्थामा एउटा ह्विल उठाएर तीन पाङ्ग्रामा कम गतिमा गुड्न सहयोग गर्छ ।

कम्पनीले यसअघि सन् २०२६ को मे महिनामा परीक्षण स्थलमा बाओ ८ को यही प्रविधि प्रदर्शन गरेको थियो । उक्त प्रणालीमा सस्पेन्सनको उचाइ २०० मिलिमिटरसम्म समायोजन गर्न, एउटा ह्विल ३०० मिलिमिटरसम्म उठाउन र अधिकतम नौ टनसम्मको लिफ्टिङ क्षमता रहेको बताइएको छ । तीनवटा ह्विलमा गुड्ने अवस्थामा अधिकतम गति १५ किलोमिटर प्रतिघण्टा तोकिएको छ ।

यद्यपि, सार्वजनिक सडकमा खिचिएको पछिल्लो भिडियोबाट गाडीको वास्तविक गति, ह्विल लक लगाउनुको कारण वा कुनै कानुनी कारबाही भएको विषय पुष्टि भएको छैन । अन्य सवारीसाधन र पैदलयात्रीको उपस्थिति रहेको सडकमा यस्तो गतिविधिले सुरक्षासम्बन्धी प्रश्नसमेत उठाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...