९ मिनेटमा फुल चार्ज हुने बीवाईडीको नयाँ फ्ल्यागशिप सेडान दा हान ईभी लन्च

बीवाईडीले चीनमा नयाँ फ्ल्यागशिप प्योर इलेक्ट्रिक सेडान दा हान ईभी लन्च गरेको छ। सो कार तीन ट्रिममा हुनेछ । कम्पनीले यसको मूल्य २ लाख ३५ हजार ९०० युआन तोकेको छ ।

कम्पनीका अनुसार सो कारले फुल चार्जमा १००८ किलोमिटरसम्म रेन्ज दिने दाबी गरेको छ । त्यस्तै, बीवाईडीको फ्ल्यास चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई १० देखि ९७ प्रतिशतसम्म चार्ज गर्न केवल ९ मिनेट लाग्ने दाबी गरिएको छ।सो इलेक्ट्रिक कारको फ्रन्टमा २४९ एलईडी मोती मिलेर बनेको २.४१ मिटर लामो इन्टिग्रेटेड डीआरएल लाइट स्ट्रिप दिइएको छ। यसको एयरोडायनामिक डिजाइनले यसलाई केवल ०.१९७ को ड्र्याग कोफिसियन्ट दिन्छ।

यसको लम्बाइ ५२५६ एमएम, चौडाइ १९९९ एमएम, उचाइ १५१० एमएम छ र यसको ह्विलबेस ३१३० एमएम छ।यसमा स्ट्यान्डर्ड रियर ह्विल स्टेयरिङ सिस्टम दिइएको छ। यसले पछाडिका पाङ्ग्रालाई समेत आवश्यकताअनुसार मोड्न मद्दत गर्छ, जसका कारण कारको टर्निङ रेडियस ४.९५ मिटरमा सीमित रहेको कम्पनीको दाबी छ।

दा हान ईभीको क्याबिनमा ४० इन्चको अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १७.३ इन्चको ३के रिजोल्युसनयुक्त फ्लोटिङ सेन्ट्रल स्क्रिन र फ्रन्टमा यात्रुका लागि छुट्टै १२.३ इन्चको डिस्प्ले उपलब्ध छ। साथै डेभिएलेटको ३१ वटा स्पिकरयुक्त अडियो सिस्टम,  नाप्पा लेदर सिट, फ्रन्टमा जिरो ग्रेभिटी सिट, अगाडि र पछाडि दुवै पङ्क्तिका हिटिङ सिट, भेन्टिलेसन र १०-पोइन्ट मसाज जस्ता फिचर उपलब्ध रहेको छ।

बीवाईडी दा हान ईभीमा कम्पनीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसको क्षमता १०२.३ किलोवाट आवर रहेको छ। सो कार रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ गरी २ पावरट्रेन विकल्पमा उपलब्ध छ। यसको सिंगल मोटर रियर ह्विल ड्राइभ संस्करणले ४९६ एचपीको पावर र ५०० एनएम टर्क उत्पादन गर्छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.९ सेकेन्डमा हासिल गर्न सक्छ। त्यस्तै, ड्युअल मोटर अल ह्विल ड्राइभ संस्करणले ७६४ एचपीको पावर र ९१० एनएम टर्क उत्पादन गर्छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ३.३ सेकेन्डमा हासिल गर्न सक्छ।

दा हान ईभीमा फ्ल्यास चार्जिङ प्रविधि रहेको छ । यसले ब्याट्रीलाई १० देखि ९७ प्रतिशतसम्म केवल ९ मिनेटमा चार्ज गर्न सक्छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...