काठमाडौँ महानगरपालिकामा अब ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पु-याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । हाललाई यो सेवा काठमाडौँ महानगरपालिकामा उपलब्ध छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ प्लाजाबाट सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरिन्।

लामो सवारी जामका कारण बिरामीलाई तत्काल प्राथमिक उपचार गराउन चारपाङ्ग्रे एम्बुलेन्स समयमा पुग्न नसक्ने अवस्थामा बाइक एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताइन्। ‘एम्बुलेन्स भन्ने वित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारी साधन सोचिन्छ । तर, हामीले जोखिममा रहेका बिरामी भएका ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पुर्‍याउन यो सेवा थालेका हौँ ।’ एम्बुलेन्स हस्तान्तरण अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘ट्राफिक जाम भएका कारण सोचेको समयमा, अपेक्षा गरेको समयमा ४ पाङ्ग्रे एम्बुलेन्स नपुग्न सक्छन् । यस्तो अवस्थामा गोल्डेन आवर (जीवन बचाउन आवश्यक पर्ने एक दुई मिनेटको समय)’ मा रहेका व्यक्तिको जीवन बचाउन दक्ष जनशक्ति बिरामी भएका ठाउँमा छिट्टो पु¥याउन यसप्रकारको सेवा थालेका हौँ ।’

बाइक एम्बुलेन्समा जाने इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी) ले चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्ने र अवस्था थप बिग्रिन नदिने काम गर्नेछन् । त्यसपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ ।

बाइक एम्बुलेन्स बिरामी बोक्ने सवारीसाधन नभई बिरामी भएको स्थानमा स्वास्थ्यकर्मीलाई छिटो पु-याउने माध्यम हो । यो एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ ।

कार्यक्रममा नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवामा काठमाडौँ महानगरपालिकाको लगानीले नागरिकको जीवन बचाउन योगदान पु-याइरहेको बताए।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...