लेन किप असिस्ट सिस्टमले कसरी घटाउँछ दुर्घटनाको जोखिम ?
हालैका वर्षहरूमा गाडीमा समावेश हुने प्रविधिहरू तीव्र रुपमा परिवर्तन...
काठमाडौं–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, स्टाइलिश ईभी याडिया भेलाक्स स्कूटर, सामसङ स्मार्टफोन, र स्टेकेसन प्याकेज रहेका छन् ।
इनड्राइभ नेपालका अनुसार, फागुन ११ गतेदेखि फागुन १७ गतेसम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे अभियानमा प्रवेश गर्नका लागि योग्य हुन न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्नेछ । फागुन १८ गतेदेखि, इनड्राइभ चालकहरूले साप्ताहिक चुनौतीहरूको श्रृंखलामा भाग लिने मौका पाउनेछन्, र प्रत्येकले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।
फागुन १८ गतेदेखि चैत्र १५ गतेसम्मको चुनौतीको प्रत्येक हप्तामा प्लेटिनम स्थिति प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको साथसाथै ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब चालकहरूको लागि टाटा एक्सप्रेस–टी ईभी र २ जना बाइक राइडरहरूको लागि याडिया भेलाक्स ईभी स्कूटर समावेश छन् । साथै, १६ जनाले सामसङका स्मार्ट फोन र ४ जनालाई स्टेकेसन प्याकेज प्रदान गरिनेछ ।
क्याम्पेन तीन चुनौतीयुक्त हप्तासहित तयार पारिएको छ, र प्रत्येक हप्ता विजेताहरूको घोषणा तथा चैत १९ गते एक भव्य कार्यक्रमका साथ ग्राण्ड विजेता सार्वजनिक गरिनेछ ।
ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले अभियानको चारै हप्ताको लागि प्लेटिनम स्ट्याटस कायम राख्नुपर्छ । कुनै पनि चुनौती हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूबाट साप्ताहिक पुरस्कार विजेताहरू छनोट गरिने जनाइएको छ ।
हालैका वर्षहरूमा गाडीमा समावेश हुने प्रविधिहरू तीव्र रुपमा परिवर्तन...
काठमाडौं – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पुनः नागरिक एपमा...
जर्मन कार निर्माता मर्सिडिज बेन्जले २०२६ मा इक्यूई सेडान र एसयूभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...