धनतेरसमा एलआरआर ग्रुपले हस्तान्तरण गर्यो २६ युनिट ईभी
काठमाडौं- एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर विभिन्न ब्राण्डका २६ युनिट...
कार ड्राइभ गर्दा सामान्य बानीले पनि गाडीका विभिन्न पार्टपुर्जामा अनावश्यक दबाब सिर्जना गर्न सक्छ । विशेषगरी म्यानुअल ट्रान्समिसन भएका कारमा गलत तरिकाले क्लच प्रयोग गर्दा क्लच प्लेट समयअगावै घिसिन सक्छ। क्लच प्लेटमा समस्या आएमा गाडीको पिकअप कमजोर हुनुका साथै इन्धन खपत बढ्न सक्छ। त्यसैले क्लचको आयु लामो बनाउन चालकले दैनिक ड्राइभिङका क्रममा केही सामान्य बानी परिवर्तन गर्नु आवश्यक हुन्छ।
केही चालकले गाडी चलाउँदा आफ्नो बायाँ खुट्टा लगातार क्लच पेडलमाथि राख्ने गर्छन्। पेडल पूर्ण रूपमा नथिचिए पनि खुट्टाको हल्का दबाबले क्लच सिस्टममा अनावश्यक भार पर्न सक्छ। त्यसैले गियर परिवर्तन गरेपछि बायाँ खुट्टालाई क्लचबाट हटाएर त्यसका लागि दिइएको फुटरेस्ट वा डेड पेडलमा राख्नु उपयुक्त हुन्छ।
ट्राफिक सिग्नलमा गाडी गियरमै राखेर क्लच लगातार थिचिराख्ने बानीले क्लच सिस्टमका केही कम्पोनेन्टमा अनावश्यक दबाब पार्न सक्छ। यदि केही समय पर्खनुपर्ने अवस्था छ भने गाडीलाई न्युट्रलमा राखेर क्लच छोड्नु उपयुक्त हुन्छ। विशेषगरी १० देखि १५ सेकेन्डभन्दा बढी समय रोकिनुपर्ने अवस्थामा यस्तो बानीले क्लच सिस्टममा पर्ने अनावश्यक भार कम गर्न मद्दत गर्छ।
केही चालक उकालोमा गाडीलाई पछाडी जानबाट रोक्नका लागि क्लच र एक्सेलेटर ब्यालेन्स बनाइएको हुन्छ । तर यो तरिकाले क्लच प्लेटमा अत्यधिक घर्षण उत्पन्न हुन सक्छ। यस्तो अवस्थामा ह्यान्डब्रेक वा गाडीमा उपलब्ध उपयुक्त हिल होल्ड सिस्टम प्रयोग गर्नु सुरक्षित र क्लचका लागि पनि कम हानिकारक हुन्छ।
अर्कोतर्फ, गाडीको गति र सडकको अवस्थासँग नमिल्ने गियर प्रयोग गर्दा पनि क्लच तथा इन्जिनमा अनावश्यक तनाव पर्न सक्छ। विशेषगरी कम गतिमा धेरै उच्च गियरमा गाडी चलाउँदा इन्जिनमा कम्पन आउन सक्छ र गाडीले सहज रूपमा गति लिन सक्दैन। यस्तो अवस्थामा गाडीको गति, इन्जिनको प्रतिक्रिया र कम्पनीले दिएको निर्देशनअनुसार उपयुक्त गियर छनोट गर्नुपर्छ।
क्लच प्लेट सामान्य रूपमा प्रयोग गर्दा लामो समयसम्म टिक्न सक्छ। तर बारम्बार हाफ क्लच प्रयोग गर्ने, क्लच पेडलमाथि खुट्टा राखिरहने, लामो समय क्लच थिचेर बस्ने, उकालोमा क्लचको सहायताले गाडी रोकिराख्ने र गलत गियरमा गाडी चलाउनेजस्ता बानीले यसको घिसावट बढाउन सक्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...