परीक्षणको क्रममा देखियो भिनफास्ट भीएफ ई३४

भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ । हालै यसको भीएफ ई३४  इलेक्ट्रिक एसयूभी परीक्षणको क्रममा देखिएको थियो ।

परीक्षणको क्रममा देखिएको भीएफ ई३४  इलेक्ट्रिक एसयूभीमा पातलो एलईडी डीआरएलएस र एलईडी लाइटिङ सेटअप दिइएको छ । साथै यसमा एडासको लागि अगाडि बम्पर-माउन्टेड रडार र ठुलो रियर बम्पर पनि देखिएको छ ।

कारको इन्टेरियरमा ग्लोबल स्पेसेज जस्तै क्याबिन लेआउट हुने अपेक्षा गरिएको छ । साथै यसमा अल ग्रे क्याबिन थिम, स्ट्याक्ड १० इन्च इन्फोटेनमेन्ट युनिट, डिजिटल ड्राइभर डिस्प्ले, किलेस इन्ट्री, ६ स्पिकर सेटअप, अटोमेटिक एसी, ६-वे म्यानुअली एडजस्टेबल ड्राइभर सिट र ७ इन्चको रियर स्क्रिन पनि हुने सम्भावना छ ।

सो एसयूभीमा सेफ्टीका लागि ग्लोबल स्पेक मोडल ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम र एडास जस्ता फिचर उपलब्ध गराउन सकिनेछ । साथै ब्लाइन्ड स्पट मोनिटर, एडाप्टिभ क्रुज कन्ट्रोल र रियर क्रस ट्राफिक अलर्ट पनि हुनेछ ।

सो कारको लन्च मिति भने खुलाइएको छैन तर सडकमा परिक्षणका क्रममा बारम्बार देखिएका कारण यो कार सन् २०२५ मा लन्च गर्न सकिने बताइएको छ । यदि यो भारतमा लन्च भयो भने यसले मारुती ईभीएक्स र हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।

सम्बन्धित समाचारहरू

नेपाली सडकमा देखियो रेसिन्स मिनी इलेक्ट्रिक कार, केही दिनपछि विक्री शुरु हुँदै

नेपाली सडकमा देखियो रेसिन्स मिनी इलेक्ट्रिक कार, केही दिनपछि विक्री शुरु हुँदै

काठमाडौं – जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक...

यी हुन् सन् २०२२ का ५ उत्कृष्ट इलेक्ट्रिक बाइक र स्कुटर

यी हुन् सन् २०२२ का ५ उत्कृष्ट इलेक्ट्रिक बाइक र स्कुटर

सन् २०२२ मा बजारमा धेरै इलेक्ट्रिक स्कुटर र बाइकहरु लन्च भएका छन् । ती...

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...