के हो निर्वाचनका लागि भारतले दिएको ‘वान टन’ गाडी ? के छ यसको विशेषता ?

भारत सरकारले नेपालमा हुन लागेको निर्वाचनका लागि दिएको ‘वान टन’ गाडीको चर्चा चुलिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक र अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।

हिजो यस वारेमा समाचार सार्वजनिक भयो । भारत सरकारले यो भन्दा पहिले पनि ५८० भन्दा बढी सवारी साधन र अन्य सामग्री हस्तान्तरण गरिसकेको छ । यो भन्दा पहिले भारत सरकारले महिन्द्रा बोलेरो लगायतका गाडी हस्तान्तरण गरेको थियो ।

तर पछिल्लो समयमा हस्तान्तरण गरिएको ‘वान टन’ गाडी भने आफ्नो ब्रान्ड र नाम भन्दा पनि ‘वान टन’ बोक्न सक्ने क्षमताका कारण चर्चित बनेको छ । वास्तवमा यो भारतीय अटोमोबाइल निर्माता कम्पनी अशोक लेल्यान्डद्वारा उत्पादन गरिएको ‘साथी’ पिकअप हो । यसको पेलोड क्षमता वान टन अर्थात एक हजार किलोग्राम भन्दा बढी ११२० किलोग्राम छ । यसकारण यो गाडीलाई वान टन भनिएको हो ।

भारतीय बजारमा गत वर्ष मात्र लन्च गरिएको साथी पिकअप नेपाली बजारमा भने बिक्रीका लागि अझै उपलब्ध भएको छैन । भविष्यमा यो गाडी नेपाली बजारमा पनि उपलब्ध हुन सक्ने नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्स स्रोतको भनाइ छ ।

थोरै सामान एक स्थानबाट अर्को स्थानमा ओसार्नका लागि यस प्रकारका पिकअपको प्रयोग गरिन्छ । साथी पिकअपमा १.५ लिटरको टर्बोचार्ज्ड, थ्री सिलिन्डर डिजेल इन्जिन रहेको छ । यसले ३३०० आरपीएममा ४५ एचपी पावर र १००० देखि २४०० आरपीएममा ११० एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ८.२ फिटको लोडिङ डेक, ४० लिटरको इन्धन ट्यांकी तथा आधुनिक क्याबिन रहेको छ । सामान डेलिभरीका लागि यो गाडी निकै नै उपयोगी मानिन्छ ।

सम्बन्धित समाचारहरू

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

एक्सर्ट्स हेभी इक्विपमेन्टको नेपालका लागी आधिकारिक वितरक आईएमई...

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट आइएमई माेटर्स सम्मानित

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट आइएमई माेटर्स सम्मानित

काठमाडौँ – आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा...

एस्कर्ट्स ब्रान्ड नेपालमा स्थापित, आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ व्यापार अवार्ड

एस्कर्ट्स ब्रान्ड नेपालमा स्थापित, आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ व्यापार अवार्ड

काठमाडौं – एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...