भिनफास्टले भारतमा सुरु ग-यो उत्पादन, प्लान्टबाट बाहिरियो पहिलो भीएफ७ इलेक्ट्रिक एसयूभी

भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो उत्पादन कार्यको सुरुवात गरेको छ। कम्पनीको पहिलो गाडी भीएफ७ इलेक्ट्रिक एसयूभी हालै प्लान्टबाट बाहिरिएको छ।

भिनफास्टको प्लान्टबाट पहिलो गाडी उत्पादन भएको अवसरमा राज्यका मुख्यमन्त्री एमके स्टालिन स्वयं उपस्थित थिए। कम्पनीका अनुसार प्लान्टबाट भिनफास्ट भीएफ७ इलेक्ट्रिक एसयूभीको उत्पादन थालिएको हो। सो गाडी आगामी केही दिनभित्र भारतीय बजारमा औपचारिक रूपमा लन्च गरिने सम्भावना छ।

भीएफ७ इलेक्ट्रिक एसयूभीलाई कम्पनीले अत्याधुनिक प्रविधि र सुविधाका साथ प्रस्तुत गर्न लागेको हो। यसमा प्यानोरामिक सनरुफ, रंगीन हेड्स-अप डिस्प्ले, स्टेयरिङ ह्विल कन्ट्रोल, लेभल-२ एड्भान्स ड्राइभर असिस्ट सिस्टम र २० इन्चका अलोय ह्विल समावेश गरिएको छ ।

गाडीमा ७५.३ किलोवाट प्रति घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जसले फुल चार्जमा ४३१ किलोमिटरको रेन्ज प्रदान गर्नेछ। साथै, यसमा जडान गरिएको इलेक्ट्रिक मोटरले ३४८ हर्सपावर दिने क्षमता राख्छ।

भिनफास्टले जुलाई १५ देखि भीएफ७ इलेक्ट्रिक एसयूभीको बुकिङ सुरु गरिसकेको छ। यद्यपि कम्पनीले भीएफ७ को लन्च मिति औपचारिक रूपमा घोषणा गरिसकेको छैन, तर रिपोर्टका अनुसार सो गाडी अगस्टको अन्त्य वा सेप्टेम्बर महिनाभित्र भारतीय बजारमा लन्च गरिने अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरू

प्रधानमन्त्रीको हाइड्रोजन गाडी चर्चा : के हो हाइड्रोजन गाडी

प्रधानमन्त्रीको हाइड्रोजन गाडी चर्चा : के हो हाइड्रोजन गाडी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाइड्रोजन गाडी चढ्ने तयारी...

निषेधाज्ञामा बाइक घरैमा थन्किएको अवस्थामा बिग्रिन सक्छ स्पार्क प्लग, यसरी गरौ सफा

निषेधाज्ञामा बाइक घरैमा थन्किएको अवस्थामा बिग्रिन सक्छ स्पार्क प्लग, यसरी गरौ सफा

कोरोना भाइरसको महामारीको कारणले गर्दा निषेधाज्ञाको स्थिति पैदा भएको छ ।...

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...