१२५ सीसी सम्मका बजाज मोटरसाइकल किन्दा सामसुङको रेफ्रिजेरेटर पाइने

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज फ्रिलीली अफर ल्याएको छ । यस अनुसार बजाजका कुनै पनि १२५ सीसी सम्मका बाइक किन्दा सामसुङको १९२ लिटरको रेफ्रिजेरेटर पाइने छ ।

हाल नेपाली बजारमा १२५ सीसी सम्मका बजाज प्लाटिना, डिस्कभर र पल्सर गरी तीन मोडलका मोटरसाइकल उपलब्ध छन् । ती मध्ये प्लाटिना १०० सीसीको हो भने अन्य दुई मोडल १२५ सीसीका छन् ।

बजाज प्लाटिनाको मूल्य १ लाख ९५ हजार ९ सय रुपैयाँ छ । डिस्कभर १२५ डिस्क र एसटी गरी दुई मोडलमा उपलब्ध छ । यसको मूल्य २ लाख २९ हजार ९ सय र २ लाख ३६ हजार ९ सय रुपैयाँ छ ।

त्यसैगरी पल्सर १२५ डिस्क र एनएस बीएस६ गरी दुई मोडलमा उपलब्ध छ । यी दुई मोडलको मूल्य क्रमशः २ लाख ५१ हजार ९ सय र २ लाख ७९ हजार ९ सय रुपैयाँ छ ।

बजाजले हाल नयाँ वर्ष २०८० को अवसरमा समेत अफर ल्याएको छ । सो अफर अन्तर्गत २५ प्रतिशत डाउन पेमेन्टमा बजाज मोटरसाइकल उपलब्ध हुनेछ । बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिने छ ।

यसैगरी कुनै पनि मोटरसाइकल किन्दा १० हजार रुपैयाँ स्योरसट छुट उपलब्ध हुनेछ भने २५ जनालाई १ किलोग्राम चाँदी उपलब्ध गराइने छ ।

नेपाली बजारमा भित्रिएको २५ वर्ष पुरा भएको अवसरमा बजाज नेपालले केही दिन पहिले एक विशेष कार्यक्रम समेत आयोजना गरेको थियो ।

सम्बन्धित समाचारहरू

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाज मोटरसाइकल ग्राहक माझ धेरै लोकप्रिय छ । अब बजाजले १२५ सीसी लाइनअप पनि...

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

काठमाडौं – बजाज बाइक किन्न चाहनेहरुका लागि अब झनै सजिलो हुने भएको छ ।...

नेपाल नआईकनै बन्द भए बजाजका यी ३ मोटरसाइकल

नेपाल नआईकनै बन्द भए बजाजका यी ३ मोटरसाइकल

काठमाडौं– बजाजले आफ्नो ३ वटा मोडलका मोटरसाइकललाई सधैंका लागि बन्द गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...