नेपाली बजारमा २५औँ वर्षको सफल लिडरसिप मनाउँदै बजाज, ८ लाख युनिट बिक्रीको आँकडा

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा ‘लिडरसिपको २५ वर्ष : बजाज लिडर्स मिट–२०२३’ सफलतापूर्वक मनाएको छ । सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेदेखि हाइ–पर्फर्मेन्स मोटरबाइकहरु सुपथ मुल्यमा उपलब्ध गराउँंदै आएकोले अहिले बाइक भन्नासाथ बजाज सम्झिने जमात नै बनिसकेको कम्पनीको भनाइ छ ।

हाल नेपाली बजारमा ८ लाख भन्दा बढी बजाजका बाइक बिक्री भएका र नेपाली ग्राहकहरुको मन जित्न सफल बजाजका बाइकहरु पनि नेपालमै एसेम्बल हुने गरेको कम्पनीले बताएको छ । नेपालकै सबैभन्दा ठुलो मोटरसाइकल एसेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरु एसेम्बल गर्दै आएको छ ।

विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनहरुको साथ नेपाली ग्राहकहरुको मन जित्दै नेपालीहरुको विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ । त्यस्तै बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधि र डिजाइनयुक्त मोटरसाइकलहरु ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको छ । मोटरसाइकल र तीन पाङ्ग्रे अटो लगायतका सवारीसाधनहरुको विभिन्न मोडलहरु उत्पादन गर्दै आएको बजाजसँग हरेक उपभोक्ताहरुको आवश्यकता अनुसारको सवारी साधनहरु रहेका छन् ।

उक्त अवसरमा बोल्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५औँ वर्षको रजत उत्सव मनाउन पाउँदा हामीलाई निकै खुशी लागेको छ । आफ्नो स्थापनाकालदेखि आज सम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं, र हामीले जे हासिल गरेका छौं त्यसमा मलाई निक्कै गर्व छ । हाम्रा कर्मचारीहरू र डिलरहरूको कडा परिश्रम र समर्पण एवम् हाम्रा ग्राहकहरूको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो र यसको लागि म उहाँहरु सबैलाई लागि धन्यवाद दिन चाहन्छु ।’

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्ट्सहरुको सहज उपलब्धता र उपभोक्तामैत्री नीतिहरुले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय छन् । नवीनता, गुणस्तर र सुपथ मुल्य जस्ता कारणहरुले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटिभ उद्योगमा लिड गर्दै आइरहेको कम्पनीको भनाइ छ ।

साथै बजाजले नयाँँ वर्ष २०८० को अवसर पारेर नव–वर्ष २०८० क्याम्पेन पनि लन्च गरेको छ जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरहरुबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताहरुले २५ प्रतिशत सम्म डाउन पेमेन्ट, १० हजार रुपैयाँ सम्मको स्योर–शट क्यास डिस्काउन्ट, एक किलो चाँदी पनि जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

बजाज मोटरसाइलको बिक्रीमा ४२ प्रतिशतले बृद्धि, नेपालमा आर्थिक मन्दिको मार

बजाज मोटरसाइलको बिक्रीमा ४२ प्रतिशतले बृद्धि, नेपालमा आर्थिक मन्दिको मार

भारतमा बजाजको बिक्री उच्च दरले बृद्धि भएको छ । पल्सर सिरिजको बिक्रीमा उछाल...

पल्सर सिरिजमा बजाजले ल्यायो १५० सीसीको अर्को मोटरसाइकल

पल्सर सिरिजमा बजाजले ल्यायो १५० सीसीको अर्को मोटरसाइकल

बजाजले पल्सर सिरिजको नयाँ बाइक पल्सर पी१५० भारतमा लन्च गरेको छ । बजाजले यो...

आयो नयाँ बजाज पल्सर एन१६०

आयो नयाँ बजाज पल्सर एन१६०

बजाजले अन्ततः लामो समयको परीक्षण पछि पल्सर एन१६० लाई १ लाख २३ हजार भारुमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...