नेपालमा बजाज मोटरसाइकलले पुरा ग-यो २५ वर्ष : आयो नयाँ वर्ष २०८० को अफर

काठमाडौं – नेपालमा बजाज मोटरसाइकल भित्रिएको २५ वर्ष पुरा भएको छ । सो अवसरमा बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो अवसरमा आकर्षक अफर ल्याएको छ ।

नयाँ वर्ष २०८० लाई समेत लक्ष्यित गरी ल्याइएको सो अफर अन्तर्गत २५ प्रतिशत डाउन पेमेन्टमा बजाज मोटरसाइकल उपलब्ध हुनेछ । बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिने छ ।

यसैगरी कुनै पनि मोटरसाइकल किन्दा १० हजार रुपैयाँ स्योरसट छुट उपलब्ध हुनेछ भने २५ जनालाई १ किलोग्राम चाँदी उपलब्ध गराइने छ ।

बजाजले नेपाली बिक्रेता मध्ये पहिलो पटक नयाँ वर्ष २०८० को अफर ल्याएको हो । यो भन्दा अघिल्ला वर्षहरुमा समेत बजाजले अन्य कम्पनीको तुलनामा पहिले नै नयाँ वर्ष अफर ल्याउने गरेको पाइन्थ्यो ।

नेपालमा सन् १९९८ देखि हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज मोटरसाइकलको बिक्री–वितरण शुरु गरेको थियो । नेपाली बजारमा विशेष गरी पल्सर सिरिज धेरै रुचाइएको पाइन्छ ।

हाल नेपाली बजारमा १ लाख ९५ हजार ९ सय रुपैयाँ मूल्यको बजाज प्लाटिना देखि ६ लाख ५४ हजार रुपैयाँ मूल्यको डोमिनार एबीएस बीएस६ सम्मका १९ मोडल नेपाली बजारमा बिक्रीका लागि उपलब्ध छन् । यी सबै मोटरसाइकल नेपालमै एसेम्बल हुने गरेका छन् ।

सम्बन्धित समाचारहरू

एउटै मूल्यमा बजाज पल्सर २०० एनएस र २२०एफ : कुन किन्ने ?

एउटै मूल्यमा बजाज पल्सर २०० एनएस र २२०एफ : कुन किन्ने ?

नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई लोकप्रिय मोटरसाइकल पल्सर एनएस २००...

यी ५ विशेषताले सुसज्जित छ २०२४ बजाज पल्सर एनएस४००जेड

यी ५ विशेषताले सुसज्जित छ २०२४ बजाज पल्सर एनएस४००जेड

बजाज अटोले हालै पल्सर एनएस४००जेड लन्च गरिसकेको छ। यो कम्पनीको पल्सर...

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...