नाडाको विशेष साधारण सभा हाललाई स्थगित

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।

आज बसेको नाडाको २२ औं केन्द्रीय कार्य समितिको बैठकले भाद्र २४ गते मङ्गलबारका दिन ललितपुरको झम्सिखेलस्थित द प्लाजामा आयोजना गर्ने भनिएको विशेष साधारण सभालाई हाललाई सारिएको जानकारी गराइएको छ ।

नाडाले जारी गरेको सूचनामा विशेष साधारण सभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ । संस्थाले उपयुक्त समयमा नयाँ मिति तोकी विशेष साधारण सभा बोलाइने जनाएको छ ।

यसअघि तय भएको कार्यक्रम अनुसार साधारण सभामा नाडाका आन्तरिक विषय तथा संस्थागत निर्णयहरूमा छलफल हुने अपेक्षा गरिएको थियो । तर केन्द्रीय कार्य समितिको निर्णयअनुसार तत्कालका लागि सभा रोकिएको हो ।

विशेष साधरणसभा रोक्नका लागि असन्तुष्ट पक्षले जिल्ला प्रशासन कार्यलयमा निवदेन दिएपछि तत्कालका लागि साधरणसभा नर्गन निर्देशन दिएको थियो ।

सम्बन्धित समाचारहरू

‘अटो शाे’ को पूर्वसन्ध्यामा पोखरामा मोटर -याली हुने

‘अटो शाे’ को पूर्वसन्ध्यामा पोखरामा मोटर -याली हुने

पोखरा – पोखरामा ‘कार मोटर -याली’ हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन...

करण चौधरीले घोषणा गरे टिम : सबै क्षेत्रलाई समेटेर अटो क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता

करण चौधरीले घोषणा गरे टिम : सबै क्षेत्रलाई समेटेर अटो क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि...

नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न नाडासँग अर्थमन्त्रीको आग्रह, गरे सहयोगको प्रतिबद्धता

नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न नाडासँग अर्थमन्त्रीको आग्रह, गरे सहयोगको प्रतिबद्धता

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...