नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न नाडासँग अर्थमन्त्रीको आग्रह, गरे सहयोगको प्रतिबद्धता

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ५ सदस्सिय नाडा प्रतिनिधि मण्डलले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई शुभकामना दिदै अटोमोबाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको बताउँदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे आफनो धारणा राखे । सो छलफलमा अध्यक्ष दुलालले अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गरिदिन आग्रह गरे ।

अध्यक्ष दुलालले नेपालमा स्थानीय स्तरमा उत्पादित अटोमोबाइल स्पेयर पार्ट्स तथा लुब्रिकेन्ट्स बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्ट्स तथा लुब्रिकेन्ट्स आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे । त्यसैगरी सो छलफलमा अध्यक्ष दुलालले आउदो २०७८÷७९ को मौद्रिक नीति अटोमोबाइल व्यवसायमैत्री आउने आशा व्यक्त गरे ।

त्यसैगरी उपाध्यक्ष करण चौधरीले बढ्दो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैंकले सवारी साधनहरुको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३/७४ देखि नै क्रमशः घटन थालेको जानकारी दिए । उनले नेपालको सार्वजनिक यातायात राम्रोसँग चल्न नसकेको र सडकको अवस्था पनि राम्रो नरहेको बताए ।

सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए ।

उक्त छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सरकारले सवै नेपाली जनतालाई नै सर्वशुलभ रुपमा खोप उपलब्ध गराउने जानकारी दिदै नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह गरे । उनले त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन समेत दिए ।

सो छलफलमा नाडाका सचिव अनुप बराल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको नाडाले बताएको छ ।

सम्बन्धित समाचारहरू

गाडी र मोटरसाइकल आयातमा लागेको प्रतिबन्ध ३ दिनपछि सकिँदै, सुचारु हुनेमा व्यवसायी आशावादी

गाडी र मोटरसाइकल आयातमा लागेको प्रतिबन्ध ३ दिनपछि सकिँदै, सुचारु हुनेमा व्यवसायी आशावादी

सरकारले कम्वस्चन इन्जिनयुक्त गाडी र २५० सीसी माथिका मोटरसाइकलको आयातमा...

अर्थमन्त्री पौडेलले गर्नेछन् नाडा अटो शो २०२५ को उद्घाटन, सवारी सहित अन्य धेरै आकर्षण हुने

अर्थमन्त्री पौडेलले गर्नेछन् नाडा अटो शो २०२५ को उद्घाटन, सवारी सहित अन्य धेरै आकर्षण हुने

काठमाडौं – आगामी भदौ ३ देखि ८ गते सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी...

नाडा अटो शोको ‘हट केक मोडल’ बन्न सक्ने बीवाईडी एट्टो२, यस्तो छ फिचर र पर्फमेन्स

नाडा अटो शोको ‘हट केक मोडल’ बन्न सक्ने बीवाईडी एट्टो२, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं–बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...