अटो पत्रकार संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको अटो पत्रकार संघ(जाम)को स्वागत तथा...
पोखरा - पोखरामा ‘कार मोटर -याली’ हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो शाे २०२५’ को पूर्व सन्ध्यामा मोटर -याली गर्न लागिएको हो । चैत ९ गते शनिबार -याली हुने वाडाका वरिष्ठ उपाध्यक्ष एवं -याली कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए ।
नाडा र वाडासहित गण्डकी प्रदेश अटोमोबाइल संघ (नासा गण्डकी), नेपाली युवा उद्यमी मञ्च पोखरा, जोन्टा क्लब पोखराको संयुक्त आयोजनामा मोटर -याली गर्न लागिएको हो ।
शनिबार विहान पाेखरा रंगशालाबाट शुरु हुने -याली पृृथ्वीचोक, मुुस्ताङचोक, बिरौटा, ड्यामसाइड, राष्ट्रबैंकचोक, बसुुन्धारा पार्क, वाराहीचोक, हल्लनचोक, जिरो किमी, हरिचोक, हेम्जा, घट्टेखोला, नौंडाडा, कास्कीकोट, सराङकोट, विन्ध्यबासिनी, बागलुङ बसपार्क, नालामुुख, तेस्रापट्टी, महेन्द्रपुुल, नयाँबजार, पृथ्वीचोक, सभागृह, न्युुरोड, चिप्लेढुंगा, महेन्द्रपुुल, रानीपौवा, हस्पिटलचोक हुँदै अमरसिंहचोक मैदानमा पुगेर समापन हुनेछ ।
‘वाडा अटो शाे’ को प्रचारप्रसारमा मोटर -यालीले योगदान गर्ने वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले विश्वास व्यक्त गरे । ‘हामीले पोखरामा पहिलो पटक बृहत अटो शाे आयोजना गरेका छौं,’ उनले भने, ‘सबै स्टल बुकिङ भएर प्रचारप्रसार लगायत अन्य तयारीमा हामी जुटेका छौं ।’
चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो शाे हुनेछ । अटो शाेका लागि दुई पांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, हेभी कमर्सियल तथा मेसिनरी इक्विपमेन्ट्स, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुको स्टल रहने बताइएको छ ।
नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको अटो पत्रकार संघ(जाम)को स्वागत तथा...
वैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावसँगै समस्यामा पर्न थालेको सवारी...
वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...