९९ सेकेन्डमै ब्याट्री फेर्न मिल्ने आर्कफक्सका दुई नयाँ ईभी सार्वजनिक

काठमाडौं–आर्कफक्सले ब्याट्री स्वापिङ प्रविधिसहितका दुई नयाँ इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । कम्पनीले नोभेम्बर १३ मा बेटा एस३ ५३५ अल्ट्रा प्लस लिडार स्वापिङ एडिसन र बेटा टी१ स्वापिङ एडिसन सार्वजनिक गरेको हो ।

यी दुवै मोडलमा सीएटीएलको चकलेट ब्याट्री स्वापिङ नेटवर्क प्रयोग गरिएको छ । आर्कफक्सले गत महिना सीएटीएलसँग सहकार्य गर्दै साझा ब्याट्री स्वापिङ नेटवर्क विकास गर्ने घोषणा गरेको थियो ।

नयाँ बेटा एस३ ५३५ अल्ट्रा प्लसमा १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा क्वालकम स्न्यापड्रागन ८१५५ चिप प्रयोग गरिएको छ ।

यसमा १९२ लाइनको लिडार सेन्सर र होराइजन रोबोटिक्सको जर्नी जे६एम चिपमा आधारित ड्राइभिङ असिस्टेन्स सिस्टम उपलब्ध छ । यसले हाइवे तथा सहरी क्षेत्रमा नेभिगेसन असिस्टेन्स र अटोमेटिक पार्किङ सुविधा प्रदान गर्छ । सीएलटीसी परीक्षणअनुसार यसले एकपटकको फुल चार्जमा ५३५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको ब्याट्री ९९ सेकेन्डमै स्वाप गर्न सकिन्छ ।

अर्को मोडल बेटा टी१ स्वापिङ एडिसनमा ९५ किलोवाट क्षमताको मोटर दिइएको छ । यसको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टा छ । यसमा सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री प्रयोग गरिएको छ ।

यसको लम्बाइ ४ हजार ३३७ एमएम, चौडाइ १ हजार ८६० एमएम र उचाइ १ हजार ५७२ एमएम छ । यसको ह्विलबेस २ हजार ७७० एमएम रहेको छ । यस कारमा पनि १५.६ इन्चको सेन्ट्रल स्क्रिन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध गराइएको छ ।

ब्याट्री स्वापिङ प्रविधिमार्फत विद्युतीय सवारीको प्रारम्भिक खरिद लागत घटाउने आर्कफक्सको रणनीतिले चिनियाँ ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने देखिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...