भारतमा ईभी बिक्रीले तोड्यो रेकर्ड, ३ लाख युनिट पार

भारतको विद्युतीय प्यासेन्जर सवारी (ईभी) बजारले एकै वर्षमा ३ लाख युनिट बिक्रीको ऐतिहासिक माइलस्टोन पार गरेको छ ।

भारतको वाहन दर्ता तथ्याङ्कअनुसार सन् २०२६ को जनवरी १ देखि नोभेम्बर ९ सम्ममा कुल ३ लाख ४ हजार ७०१ युनिट विद्युतीय कार, एसयूभी र एमपीभी बिक्री भएका हुन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशतले बढी हो ।

सन् २०२५ भर भारतमा कुल १ लाख ९५ हजार ५७१ युनिट मात्र ईभी बिक्री भएका थिए । वर्ष सकिन अझै झन्डै दुई महिना बाँकी छँदै २०२६ को बिक्रीले अघिल्लो वर्षको कुल आँकडालाई ५६ प्रतिशतले उछिनिसकेको हो ।

२०२६ को जुन महिनादेखि भारतमा मासिक ईभी बिक्रीले ३० हजारको आँकडा पार गर्न थालेको थियो । त्यसयता लगातार पाँच महिनासम्म मासिक बिक्री ३० हजार युनिटभन्दा माथि रहेको छ । सेप्टेम्बर महिनामा सर्वाधिक ३८ हजार ४४० युनिट ईभी बिक्री भएको थियो भने अक्टोबरमा ३७ हजार ५१६ युनिट गाडी डेलिभरी भएको बताइएको छ ।

बजार हिस्साका आधारमा टाटा मोटर्स अझै पनि शीर्ष स्थानमा छ । टाटाले नोभेम्बर ९ सम्ममा १ लाख २० हजार ८९५ युनिट ईभी बिक्री गर्दै बजारको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ ।

यता, महिन्द्रा एण्ड महिन्द्राले जेएसडब्ल्यू एमजी मोटरलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । महिन्द्राले ६९ हजार ६६० युनिट (करिब २३ प्रतिशत बजार हिस्सा) बिक्री गर्दा एमजी मोटर ५६ हजार ९८८ युनिट (करिब १९ प्रतिशत हिस्सा) सहित तेस्रो स्थानमा झरेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...