डिफेन्डरको झल्को दिने बीएआईसीको नयाँ एसयूभी, मूल्य निकै सस्तो
काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता बीएआईसीले ल्यान्ड रोभर डिफेन्डरको...
काठमाडौं–हाइब्रिड कार उत्पादनमा ख्याती कमाएको जेटोरले आफ्नो पहिलो पूर्ण विद्युतीय एसयूभी जेटोर टीएक्स सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ एसयूभीको प्रि–सेल नोभेम्बर १६ देखि सुरु गर्न लागेको हो ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने टीएक्समा ६७.२ किलोवाट आवर क्षमताको चेरीको राइनो एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसले एकपटकको फुल चार्जमा ५५० किलोमिटर(सीएलटीसी) रेन्ज दिने दाबी गरिएको छ, जुन डब्लूएलटीपी मापदण्डअनुसार करिब ४४६ किलोमिटर हुनेछ ।
जेटोर टीएक्स टु–ह्विल–ड्राइभ र फोर–ह्विल–ड्राइभ गरी दुई विकल्पमा उपलब्ध हुनेछ । यसको टु–ह्विल–ड्राइभ भर्सनमा २०० किलोवाट अर्थात् २६८ हर्सपावर क्षमताको मोटर दिइएको छ ।
त्यस्तै, फोर–ह्विल–ड्राइभ भर्सनमा दुईवटा मोटरको संयुक्त क्षमता २७५ किलोवाट अर्थात् ३६९ हर्सपावर रहेको छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब ५ सेकेन्डमै हासिल गर्न सक्छ ।

एसयूभीमा ६.६ किलोवाट क्षमताको भीटूएल फङ्सन पनि उपलब्ध छ, जसबाट गाडीको ब्याट्री प्रयोग गरी बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ ।
रेट्रो डिजाइनमा तयार पारिएको यस एसयूभीमा अगाडि क्लोज्ड ग्रिल र दुईवटा गोलाकार हेडलाइट दिइएको छ । यसको लम्बाइ ४ हजार ६०५ एमएम, चौडाइ १ हजार ८८० एमएम र उचाइ १ हजार ७०० एमएम रहेको छ । ह्विलबेस २ हजार ७३५ एमएम छ ।
जेटोर टीएक्समा क्वालकम स्न्यापड्रागन ८७७५ चिप प्रयोग गरिएको छ । यसको ड्यासबोर्डमा १५.६ इन्चको २.५ के रिजोलुसन भएको टचस्क्रिन र टुर ओएस ३.५ इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ ।
यसमा ५४० डिग्री प्यानोरामिक क्यामेरा, अगाडिका सिटमा हिटिङ, भेन्टिलेसन र आठ पोइन्ट मसाज सुविधा पनि उपलब्ध छन् । यसको अगाडिको १५० लिटर क्षमताको स्टोरेजलाई धुन मिल्ने गरी तयार पारिएको छ।

भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुनसक्ने यस एसयूभीको कम्पनीले नोभेम्बर १६ देखि चीनमा प्रि–सेल सुरु गर्ने भए पनि मूल्य र ग्राहकलाई डेलिभरी दिने मिति भने सार्वजनिक गरेको छैन । जेटोरका सवारीसाधन नेपाली बजारमा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर हबले बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...