९९ सेकेन्डमै ब्याट्री फेर्न मिल्ने आर्कफक्सका दुई नयाँ ईभी सार्वजनिक
काठमाडौं–आर्कफक्सले ब्याट्री स्वापिङ प्रविधिसहितका दुई नयाँ इलेक्ट्रिक...
चिनियाँ सरकारी स्वामित्वको अटोमोबाइल कम्पनी चांगान अटोमोबाइलले आफ्नो इलेक्ट्रिक भेइकल ब्रान्ड अवतार टेक्नोलोजीको १० प्रतिशत सेयर कम्तीमा ३ अर्ब २० करोड युआन अर्थात करिब ४७ करोड ९७ लाख अमेरिकी डलरमा बिक्री गर्ने भएको छ। अवतारले आईपीओको तयारी अघि बढाइरहेका बेला चांगानले सेयर बिक्री प्रक्रिया अघि सारेको हो।
चांगानले अवतारका ३० करोड ६५ लाखभन्दा बढी सेयर बिक्री गर्न लागेको हो। चोङछिङस्थित चांगानले सांघाई युनाइटेड एसेट्स एन्ड इक्विटी एक्सचेन्जमार्फत सार्वजनिक गरेको सूचनाअनुसार सेयर खरिदका लागि प्रस्ताव पेस गर्ने अवधि डिसेम्बर १० सम्म रहनेछ। कम्पनीले अवतारको न्यूनतम मूल्यांकन ३१ अर्ब ८० करोड युआन (करिब ४ अर्ब ८० करोड अमेरिकी डलर) तोकेको छ। यो मूल्यांकन सन् २०२४ डिसेम्बरमा सम्पन्न सिरिज सी लगानीपछि कायम भएको मूल्यांकनसँग लगभग बराबर हो।
चांगानले नयाँ लगानीकर्ताले अवतारको प्रिमियम ब्रान्डका बिक्री तथा वितरण सञ्जाल विस्तार र विदेशी बजारमा पहुँच बढाउन सहयोग गर्ने अपेक्षा गरेको छ। चिनियाँ सञ्चारमाध्यम यिचाइसँग कुरा गर्दै कम्पनीले सेयर बिक्रीपछि पनि अवतारलाई प्रविधि अनुसन्धान तथा विकास, सवारीसाधन उत्पादन र आपूर्ति शृंखलाजस्ता मुख्य क्षेत्रमा निरन्तर सहयोग गर्ने जनाएको छ।
हाल चांगानसँग अवतारको करिब ४१ प्रतिशत सेयर छ। यससँगै चांगान कम्पनीको सबैभन्दा ठूलो सेयरधनी हो। ब्याट्री उत्पादक कम्पनी सीएटीएलसँग करिब ९.२ प्रतिशत सेयर रहेको छ। प्रस्तावित १० प्रतिशत सेयर एउटै लगानीकर्ताले खरिद गरेमा उक्त लगानीकर्ता अवतारको दोस्रो ठूलो सेयरधनी बन्नेछ।
अवतारको प्रोसपेक्टसअनुसार कम्पनीले यस वर्ष जनवरीदेखि मेसम्म २० हजार १६० वटा सवारीसाधन बिक्री गरेको थियो। तर, चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्यांकअनुसार गत महिना चीनको घरेलु बजारमा अवतारको खुद्रा बिक्री ३ हजार युनिटभन्दा तल झरेको छ। यसले कम्पनीको बिक्री वृद्धिमा चुनौती थपिएको देखाउँछ।
उद्योग क्षेत्रका जानकारहरूले यिचाइसँग कुरा गर्दै हङकङमा सूचीकृत हुन चाहने तर अझै नाफामा पुग्न नसकेका अटोमोबाइल कम्पनीका लागि बिक्रीको अपेक्षा, आम्दानी वृद्धिदर र मूल्य–बिक्री अनुपात महत्त्वपूर्ण हुने बताएका छन्। त्यसैगरी, नगद सञ्चिति र नगद खर्च हुने दरले कम्पनीसँग उपलब्ध रकम कति समयसम्म पुग्छ भन्ने निर्धारण गर्छ। पुँजी बजारका लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था मूल्यांकन गर्दा यी सूचकलाई विशेष ध्यान दिने गरेका छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...