करण चौधरीले घोषणा गरे टिम : सबै क्षेत्रलाई समेटेर अटो क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्षका उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यानल घोषणा गरेका छन् । चौधरीको सो प्यानलमा अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायी देखि नयाँ पुस्ताका युवा समेत समेटिएका छन् ।

सम्पूर्ण अटो क्षेत्र प्रतिनिधित्व गर्ने चारपांग्रे, दुईपांग्रे, ब्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, हेभी इक्विपमेन्ट आदि सबै क्षेत्र समेटेर टिम बनेको चौधरीले बताए । प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणि पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई छन् ।

चौधरीले आफ्नो टिममा अनुभव र जोशको उत्तम सम्मिश्रण भएको र आफूहरु विजयी भएमा अनुकूलता तथा प्रतिकूलता दुवै अवस्थामा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अघि बढ्न सक्षम हुने बताए । उनले अटोमोबाइलका विभिन्न क्षेत्र र प्रादेशिक संरचनालाई समेत ख्याल गरी टिम बनेको बताए ।

सो अवसरमा हालका महासचिव तथा टिमका सदस्य सुनिल रिजालले नाडाले पहिले पनि विभिन्न राम्रा कार्य गर्दै आएको र आगामी दिनमा समेत यो टिमले थप उत्साहपूर्ण तरिकाले कार्य गर्ने विश्वास व्यक्त गरे ।

सदस्यका अर्का उम्मेदवार राजनबाबु श्रेष्ठले सबै अटो क्षेत्रलाई समेटेर चुनौती निराकरणमा अगाडि बढ्न आफूहरुको टिम सक्षम भएको र यसले अटोमोबाइल व्यवसायीको हक हितका लागि आवश्यक नीति निर्माणमा सरकारसँग सहकार्य गर्ने बताए ।

अर्का उम्मेदवार सुरेन्द्र कुमार उप्रेती (सुरेश) ले भर्खरै यो क्षेत्रमा लागेका युवादेखि लामो समय सम्मको अनुभवले खारिएका दक्ष व्यवसायीहरुको टिमले भविष्यमा नेपाली अटोमोबाइल क्षेत्रलाई नयाँ गन्तव्यमा पु¥याउन सक्षम हुने बताए ।

कार्यक्रम सञ्चालन गर्दै अर्का उम्मेदवार अनुप कुमार बरालले यो टिम नै नेपाली अटोमोबाइल क्षेत्रलाई अर्को उचाईमा पु¥याउन सक्षम हुने बताए ।

आगामी मंसिर २२ र २३ गते नाडाको वार्षिक साधारण सभा तथा निर्वाचन हुने मिति तय भएको छ । निर्वाचनमार्फत १ जना अध्यक्ष र १७ जना सदस्य चुनिने छन् । विजेता सदस्यहरुबाटै फेरि पदाधिकारी चयन हुने छन् ।

नाडा अध्यक्षका लागि अटोमोबाइल व्यवसायी ध्रुवबहादुर थापाले समेत आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित समाचारहरू

सीमा क्षेत्रमा हुने स्पेयर पार्ट्सको अबैध कारोबार रोक्न गृहमन्त्रि श्रेष्ठलाई  नाडाको आग्रह

सीमा क्षेत्रमा हुने स्पेयर पार्ट्सको अबैध कारोबार रोक्न गृहमन्त्रि श्रेष्ठलाई नाडाको आग्रह

काठमाडौं– नाडा प्रतिनिधी मण्डलले गृहमन्त्रि नारायणकाजी श्रेष्ठसंग छलफल...

पोखरामा शुरु भयो वाडा अटो शो २०२५, छायो पहिलो पटक काठमाडौं वाहिर अटो शोको उत्साह

पोखरामा शुरु भयो वाडा अटो शो २०२५, छायो पहिलो पटक काठमाडौं वाहिर अटो शोको उत्साह

पोखरा – पोखरामा आज देखि वाडा अटो शो २०२५ औपचारिक रुपमा प्रारम्भ भएको छ । अटो...

आयात प्रतिबन्धका कारण ५८ शोरुम बन्द, १०० शोरुम बन्द हुने अवस्थामा

आयात प्रतिबन्धका कारण ५८ शोरुम बन्द, १०० शोरुम बन्द हुने अवस्थामा

सरकारले लामो समय देखि गरेको आयात बन्द तथा नेपाल राष्ट्र बैंकले अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...