नेपालमा फोर्डको उपस्थिति मजबुत बनाउँदै जीओ अटोमोबाइल्स
काठमाडौं– फोर्डले भारतमा आफ्नो सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द...
काठमाडौं–फोर्डले चिनियाँ ब्याट्री निर्माता क्याटल(सीएटीएल) को प्रविधि प्रयोग गरेर अमेरिकामै एलएफपी (लिथियम आइरन फस्फेट) ब्याट्री उत्पादन थालेको छ ।
अमेरिकाको मिसिगनस्थित ब्लूओभल ब्याट्री पार्कमा उत्पादन भएका यी सेल फोर्डको विद्युतीय पिकअप ट्रक फ्याथमका प्रोटोटाइपमा प्रयोग गरिने जनाइएको छ ।
फोर्डले आफ्नै स्वामित्व र सञ्चालनमा रहेको उक्त प्लान्टमा क्याटलबाट लाइसेन्स प्राप्त प्रविधि प्रयोग गरी ब्याट्री उत्पादन गरेको हो । पहिलो खेप केन्टकीस्थित लुइसभिल एसेम्बली प्लान्टमा पठाइएको कम्पनीले जनाएको छ ।
उक्त प्लान्टका उत्पादन लाइनले प्रतिमिनेट ४० वटा प्रिज्म्याटिक एलएफपी सेल उत्पादन गर्न सक्छन् । यसलाई चीनबाहिर रहेका तीव्र गतिको एलएफपी ब्याट्री उत्पादन लाइनमध्ये एक मानिएको छ ।
एलएफपी ब्याट्रीमा निकेल र कोबाल्ट प्रयोग नहुने भएकाले यसको उत्पादन लागत तुलनात्मक रूपमा कम हुन्छ । साथै, यस्तो ब्याट्रीको आयु लामो हुने र पटक–पटक चार्ज गर्दा पनि टिकाउ रहने विशेषता हुन्छ । फोर्डले विद्युतीय सवारीको मूल्य घटाउने उद्देश्यले यो प्रविधि अपनाएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...