अटोमोबाइल उद्योगमा आजको दिन, फोर्डद्वारा विश्वकै पहिलो व्यावसायिक ट्रक सार्वजनिक
काठमाडौँ — विश्व अटोमोबाइल उद्योगको इतिहासमा जुलाई २७ लाई एउटा महत्वपूर्ण...
काठमाडौं– फोर्डले भारतमा आफ्नो सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको पाँच वर्ष पूरा भइसक्दा पनि नेपालमा भने यसको बजार उपस्थितिले निरन्तरता पाइरहेको छ ।
फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै समर्पित ग्राहक सेवा र अन्तर्राष्ट्रिय मोडलहरूको विस्तारमार्फत आफ्नो उपस्थितिलाई थप सशक्त बनाएको जनाएको छ ।
फोर्डले सन् २०२१ सेप्टेम्बर ९ मा भारतमा आफ्ना उत्पादन तथा बिक्री सञ्चालन स्थगन गरे तापनि त्यहाँका विद्यमान ग्राहकहरूलाई आफ्नै अफ्टर–सेल्स नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ । नेपालको सन्दर्भमा भने जिओ अटोमोबाइल्सले फोर्ड गाडीका ग्राहकहरूलाई व्यावसायिक सर्भिस, जेन्यूइन स्पेयर पार्ट्स, प्राविधिक विशेषज्ञता र सहज ‘ओनरशिप एक्सपिरेयन्स’ निरन्तर उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले विगतका वर्षहरूमा अफ्टर–सेल्स क्षमता बढाउनका साथै नेपालभर गुणस्तरीय सर्भिस र प्राविधिक सहयोग पु¥याउन निरन्तर लगानी गर्दै आएको छ ।
बिक्री सञ्चालनलाई निरन्तरता दिँदै कम्पनीले हाल नेपाली बजारमा एभरेष्ट, रेन्जर र रेन्जर -याप्टरजस्ता चर्चित अन्तर्राष्ट्रिय मोडलहरू उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरूमा नेपाली बजारमा थप नयाँ फोर्ड मोडलहरू सार्वजनिक गर्ने तयारी भइरहेको र यसले कम्पनीको उत्पादन पोर्टफोलियोलाई अझ विस्तार गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाले फोर्डको ओनरशिपलाई एउटा यात्राको रूपमा लिँदै प्रत्येक ग्राहकलाई निरन्तर सहयोग पु¥याउन र विश्वव्यापी नयाँ प्रविधि तथा मोडलहरू नेपालमा भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए ।
गाडी बिक्रीमा मात्र सीमित नरही ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने लक्ष्यका साथ कम्पनीले आफ्ना सेवा र नयाँ मोडलहरूको विस्तारलाई तीव्रता दिइरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...