एआई असफल भएपछि फोर्डले फर्कायो ३५० अनुभवी इन्जिनियर
विश्वभर एआईको प्रयोग तीव्र रूपमा बढिरहेका बेला अमेरिकी अटोमोबाइल...
काठमाडौँ — विश्व अटोमोबाइल उद्योगको इतिहासमा जुलाई २७ लाई एउटा महत्वपूर्ण दिनका रूपमा लिइन्छ । सन् १९१७ जुलाई २७ मा फोर्ड मोटर कम्पनीले आफ्नो इतिहासकै पहिलो व्यावसायिक ट्रक ‘फोर्ड मोडल टीटी’ आधिकारिक रूपमा सार्वजनिक गरेको थियो ।
त्यस समयसम्म गाडीहरू मुख्यतया व्यक्तिगत यात्राका लागि मात्र प्रयोग हुन्थे । फोर्डले ‘मोडल टी’ कारको च्यासिसलाई परिमार्जन गरी सामान ओसार्न सक्ने गरी पहिलो पटक १ टन क्षमताको ट्रक बजारमा ल्याएको थियो ।
हेनरी फोर्डले यस ट्रकको सुरुआती मूल्य मात्र ६०० अमेरिकी डलर तय गरेका थिए, जसले गर्दा साना व्यवसायी, किसान र ढुवानीकर्ताहरूका लागि गाडी खरिद गर्न सम्भव बनेको थियो । आज विश्वभर प्रयोग हुने आधुनिक पिकअप ट्रक र ठूला मालवाहक गाडीहरूको व्यावसायिक उत्पादनको जग यही ‘मोडल टीटी’ ले बसालेको मानिन्छ ।
घोडाहरूले तान्ने परम्परागत गाडालाई विस्थापित गर्दै अटोमोबाइल क्षेत्रलाई व्यापार र उद्योगसँग जोड्न यो गाडीले अहम् भूमिका खेल्यो । प्रथम विश्वयुद्धका दौरान समेत सैन्य सामग्री र घाइतेहरूको ओसारपसारमा यो ट्रक व्यापक रूपमा प्रयोग भएको थियो ।
यसरी जुलाई २७ ले विश्व अटोमोबाइल बजारलाई केवल यात्रु ओसार्ने माध्यमबाट आर्थिक विकास र व्यापारको इन्जिनतर्फ मोड्न अहम् योगदान पु-याएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...