मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधी मण्डलको नीतिगत संवाद

जनकपुरधाम — नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले बुधबार मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ । व्यापारिक समुदायसँग संवाद गर्ने मन्त्री भट्टराईकै पहलमा यो बैठक आयोजना भएको थियो ।

उक्त प्रतिनिधि मण्डलले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक संरचनाको अभिन्न अंगको रूपमा प्रस्तुत गदैै यो क्षेत्रले कुल सरकारी राजस्वमा २० प्रतिशत भन्दा बढी योगदान दिएको र देशभर १ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरेको अवगत गराए ।

छलफलमा नाडाले अर्थमन्त्री भट्टराई समक्ष दर्ता शुल्क र मूल्य अभिवृद्धि कर संरचनामा बहु–वर्षीय स्पष्टता, माध्यमिक शहरमा डीलरशिपलाई विद्युतीय सवारी चार्जिङ केन्द्रको रूपमा विकास गर्न संयुक्त कार्यदल गठन र विद्युतीय सवारी संक्रमणका लागि सेवा प्राविधिक पुनः तालिममा प्रादेशिक समर्थन गरी तीन प्राथमिकता अघि सारेको छ ।

आँफूहरु कर छुट माग्न नभई स्पष्टताको माग राख्न आएको भन्दै अध्यक्ष उप्रेतीले मन्त्री समक्ष दुई वर्षको लागत संरचना जानेको डीलरले ग्रामीण सेवा केन्द्रमा लगानी गर्न र प्राविधिक नियुक्त गर्न सक्ने व्यवस्था मिलाईदिन आग्रह गरे । साथै उनल, अर्को महिनाको कर दायित्वमा अन्योल भएको डीलरले वृद्धिमा प्रतिबद्धता गर्न नसक्ने जानकारी गराउँदै अर्थ मन्त्रालयसँग नियमित संवादको माध्यम स्थापना गर्न प्रस्ताव समेत राखे ।

छलफलको अन्त्यमा अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण सुदृढ गर्न र निजी क्षेत्रको लगानी बढाउन नाडा प्रतिनिधिमण्डलसंग आग्रह गरे । प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाई थियो ।

छलफलमा प्रदेशका श्रम तथा यातायातमन्त्री शारदा देवी थापा तथा राजश्व अधिकृत जय कुमार राउत समेतको उपस्थिति रहेको थियो । त्यसैगरी, नाडाको तर्फबाट निवर्तमान अध्यक्ष करण चौधरी, नाडाका बिसिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ तथा महासचिव मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्षमा उम्मेदवारी दिने करण चौधरीको घोषणा : भन्छन् – नाडालाई चिनाउनु पहिलो एजेन्डा

नाडा अध्यक्षमा उम्मेदवारी दिने करण चौधरीको घोषणा : भन्छन् – नाडालाई चिनाउनु पहिलो एजेन्डा

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स...

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

काठमाडाैं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग देशका...

नाडामा सदस्यता नविकरण समयमै गरेको अटो पार्ट्स इन्टरनेश्नलको दाबी

नाडामा सदस्यता नविकरण समयमै गरेको अटो पार्ट्स इन्टरनेश्नलको दाबी

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं बार्षिक साधरण सभामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...