ईभीको ब्याट्री वर्षौंसम्म टिकाउन अपनाउनुहोस् यी उपाय, चार्जिङ गर्दा नगर्नुहोस् यस्तो गल्ती
इलेक्ट्रिक गाडीको लोकप्रियता बढेसँगै ब्याट्रीको आयु र मर्मतसम्भारबारे...
काठमाडौं–चिनियाँ ब्याट्री निर्माता कम्पनी क्याटल(सीएटीएल) ले विद्युतीय सवारीसाधनमा २ हजार किलोमिटरसम्म रेन्ज दिन सक्ने नयाँ प्रविधिको ब्याट्रीमाथि अनुसन्धान गरिरहेको छ ।
कम्पनीले ‘लिथियम–एयर’ अर्थात् हावाबाट अक्सिजन लिने ब्याट्री प्रविधिलाई दीर्घकालीन अनुसन्धानको विषय बनाएको हो ।
यस प्रविधिमा ब्याट्रीले बाहिरी वातावरणबाट अक्सिजन लिएर रासायनिक प्रतिक्रिया गराउँदै विद्युत् ऊर्जा उत्पादन गर्छ ।
परम्परागत लिथियम–आयन ब्याट्रीमा आवश्यक सक्रिय पदार्थ ब्याट्रीभित्रै राख्नुपर्ने भए पनि लिथियम–एयर प्रविधिमा बाहिरी हावाको अक्सिजन प्रयोग हुने भएकाले उच्च ऊर्जा घनत्व हासिल गर्न सकिने सम्भावना छ ।
यस ब्याट्रीको ऊर्जा घनत्व करिब ३ हजार ५०५ वाट आवर प्रतिकिलोग्राम रहेको बताइएको छ । यो ऊर्जा घनत्व हालका धेरै ब्याट्री प्रविधिको तुलनामा निकै उच्च हो ।
यही सम्भावनाका आधारमा भविष्यमा यस्तो ब्याट्री प्रयोग गर्ने ईभीले एकपटकको चार्जमा २ हजार किलोमिटरसम्म यात्रा गर्न सक्ने अनुमान गरिएको छ ।
तर, यो प्रविधि अहिले अनुसन्धानकै चरणमा छ । सीएटीएलका प्रमुख वैज्ञानिक वु काईले सन् २०२६ को इक्विपमेन्ट पावरहाउस फोरममा लिथियम–एयर प्रविधिलाई दीर्घकालीन अनुसन्धानको क्षेत्रका रूपमा उल्लेख गरेका थिए ।
कम्पनीले यसको व्यावसायिक उत्पादन वा बजारमा ल्याउने समयसीमा भने सार्वजनिक गरेको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...