नोर्टनको नयाँ ४५० सीसी मोटरसाइकल अब भारतमा पनि उपलब्ध हुने
टीभीएस मोटर कम्पनीले बेलायती प्रिमियम टु ह्विलर ब्रान्ड नोर्टन मोटरसाइकल...
टीभीएस मोटरले आफ्नो सबैभन्दा ठुलो टीभीएस मोटोसोल ६.० महोत्सव आयोजना गर्ने घोषणा गरेको छ। सो कार्यक्रम सन् २०२६ डिसेम्बर ११ र १२ मा गोवामा आयोजना हुनेछ। दुई दिनसम्म चल्ने सो महोत्सवमा भारतसहित विश्वका विभिन्न देशबाट बाइकर, रेसर, राइडर ट्रेनिङ, संगीतकार र मोटरसाइकलप्रेमी सहभागी हुनेछ ।साथै उक्त महोत्सवमा नयाँ बाइक, प्रविधि र मोटरसाइकल संस्कृतिबारे जानकारी पनि दिनेछ ।
टीभीएसको सो महोत्सवमा मोटरसाइकल रेसिङ र स्टन्टसम्बन्धी विभिन्न गतिविधि मुख्य आकर्षण हुनेछ । कार्यक्रममा जिमखाना, डर्ट ट्र्याक, अब्स्ट्याकल रेस, स्लो रेस, स्टन्ट ब्याटल, एफएमएक्स, ड्रिफ्ट-आर च्याम्पियनसिप, स्यान्ड रश च्यालेन्ज र हिल क्लाइम्ब समावेश हुनेछ ।साथै सहभागीले टीभीएस रेसिङका च्याम्पियनहरूसँग अन्तरक्रिया गर्ने, रेसिङसम्बन्धी कार्यशालामा सहभागी हुने र टेस्ट राइडको अनुभव पनि हुनेछ ।
महोत्सवको अर्को आकर्षण टीभीएस अपाचे र रोनिनमा आधारित कस्टम बाइक हुनेछ । यसअघि आयोजना भएका मोटोसोल कार्यक्रममा अपाचे आरटीआर ३१० ट्रिक्स्टर, भोर्टेक्स, अपाचे आरआर ३१० स्पिडलाइन क्याफे रेसर, रयोमा र डार्क बब जस्ता कस्टम बाइक प्रदर्शन गरिएको थियो । यो वर्ष पनि विशेष रूपमा परिमार्जन गरिएका मोटरसाइकलले दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सन् २०२३ मा भएको टीभीएस मोटोसोलमा कम्पनीले ड्युअल च्यानल एबीएससहितको अपाचे आरटीआर १६० ४भी, सन् २०२४ मा आरटी एक्सडी४ ३०० इन्जिन प्लेटफर्म र सन् २०२५ मा रोनिन अगोडा एडिशन लन्च गरेको थियो।यो वर्षको टीभीएस मोटोसोल ६.० मा पनि कम्पनीले नयाँ मोटरसाइकल लन्च हुने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...