सीएफमोटोको नयाँ स्कुटर र एड्भेन्चर बाइक सार्वजनिक, ई क्लच र कर्नरिङ एबीएस समावेश
सीएफमोटोले विश्व बजारमा नयाँ १२४.९९ सीसी अर्बन स्कुटरका साथै ५५०...
इटालीको मिलानमा सम्पन्न विश्वप्रसिद्ध मोटरसाइकल प्रदर्शनी एक्मा(ईआईसीएमए) २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डले नयाँ मोटरसाइकल सार्वजनिक गरेका छन् । प्रदर्शनीमा सार्वजनिक भएका केही मोडल आगामी महिनामा भारतीय बजारमा समेत बिक्रीका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
यसमा रोयल इनफिल्ड, नोर्टन, हिरो मोटोकर्प र हार्ले डेभिडसनका पाँच नयाँ मोटरसाइकल आकर्षणको केन्द्र बनेका छन् ।
रोयल इनफिल्ड हिमालयन ७५०
रोयल इनफिल्डले बहुप्रतीक्षित हिमालयन ७५० सार्वजनिक गरेको छ । यसमा ७४३ सीसीको एयर/अयल कुल्ड, प्यारालल ट्विन इन्जिन दिइएको छ । उक्त इन्जिनले ५५ बीएचपी पावर र ६३ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ४ इन्चको टीएफटी डिस्प्ले, क्रुज कन्ट्रोल, राइडिङ मोड र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर छन् ।
नोर्टन ४५० अर्बन रोडस्टर
नोर्टनले ४५४ सीसीको लिक्विड कुल्ड इन्जिनयुक्त ४५० अर्बन रोडस्टर सार्वजनिक गरेको छ । यसले ४६.४ बीएचपी पावर र ४५ एनएम टर्क जेनेरेट गर्दछ । ६ स्पिड गियरबक्स र क्विकसिफ्टरसहित आउने यस मोटरसाइकलमा ८ इन्चको टीएफटी टचस्क्रिन, ट्र्याक्सन कन्ट्रोल, राइडिङ मोड र क्रुज कन्ट्रोल उपलब्ध छन् । यो मोटरसाइकल सन् २०२७ मा भारतसहित विभिन्न बजारमा बिक्रीका लागि उपलब्ध हुने अपेक्षा छ ।
रोयल इनफिल्ड कन्टिनेन्टल जीटी ७५०
रोयल इनफिल्डको अर्को आकर्षण कन्टिनेन्टल जीटी ७५० हो । क्याफे रेसर डिजाइनमा तयार भएको यो मोटरसाइकल फेयर्ड र अनफेयर्ड गरी दुई स्वरूपमा उपलब्ध हुनेछ ।
यसमा हिमालयन ७५० कै ७४३ सीसी प्यारालल ट्विन इन्जिन दिइएको छ । उक्त इन्जिनले ५५ बीएचपी पावर र ६३ एनएम टर्क उत्पादन गर्छ। यसमा हाइब्रिड ट्विन पोड टीएफटी डिस्प्ले र ६ स्पिड गियरबक्स उपलब्ध छ ।
हिरो एक्सपल्स ४५०
हिरो मोटोकर्पले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल एक्सपल्स ४५० सार्वजनिक गरेको छ । यसमा ४२१ सीसीको लिक्विड कुल्ड इन्जिन दिइएको छ, जसले ४६ बीएचपी पावर र ३८ एनएम टर्क जेनेरेट गर्दछ । ६ स्पिड गियरबक्सयुक्त यो मोटरसाइकलमा एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी उपलब्ध गराइएको छ । यसले रोयल इनफिल्ड हिमालयन ४५०, बीएमडब्लू एफ ४५० जीएस र केटीएम ३९० एड्भेन्चरसँग प्रतिस्पर्धा गर्नेछ ।
हार्ले डेभिडसन एक्स३५०टी
हार्ले डेभिडसनले भारतीय बजारलाई लक्षित गर्दै एक्स३५०टी सार्वजनिक गरेको छ । फ्ल्याट ट्र्याकबाट प्रेरित डिजाइनमा तयार भएको यस मोटरसाइकलमा नयाँ ३५० सीसीको एयर–अयल कुल्ड इन्जिन दिइएको छ ।
यसमा इलेक्ट्रोनिक थ्रोटल, राइडिङ मोड, स्विच गर्न मिल्ने एबीएस र ट्र्याक्सन कन्ट्रोल उपलब्ध छन्। भारतमा हिरोको प्रिमिया डिलर नेटवर्कमार्फत यसको बिक्री तथा डेलिभरी हुने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...