नेपाल अटोमोबाइल्स एसोसिएसनले शुरु ग-यो फेस्टिभ च्यालेञ्ज
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले गत सेप्टेम्बर २७ मा शुरु गरेको...
काठमाडौं – आगामी असार ३२ गते शनिबार धुलिखेलको हिमालयन मोटरल्यान्डका कार्ट्स रेस प्रतियोगिता ‘कार्ट्समान्डु’ हुने भएको छ । सिलालम सिस्टमबाट हुने सो प्रतियोगितामा कार्ट्सको तालिमप्राप्त नेसनल ड्राइभरहरु सहभागी हुनेछन् ।
नासा नेपालको आयोजनामा हुने सो प्रतियोगितामा कलेज टु ट्रयाकबाट छानिएका र अन्य तालिम प्राप्त गरी करिव दुई दर्जन सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिता विजेताहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने नासा नेपालले जनाएको छ ।
एफआईए एसिया प्यासिफिकको कार्टिङ सिलालमको विधि अनुसार खेलाइने सो प्रतियोगिताको सुरुवातमै प्रतियोगीहरुलाई ओरिएन्टेसन गरिने छ भने प्रतियोगितामा तालिम प्राप्त मार्सलहरुद्वारा मार्सलिङ गरिने नासा महासचिव सुशील तण्डुकारले बताए ।
हाल यसका लागि ५ कार्ट्स उपलब्ध छन् । पेट्रोल इन्जिनबाट चल्ने होन्डा जीएक्स २०० सीसीयुक्त यी कार्ट्स फ्रेम ३२ एमएम स्पेसल स्टिल अलोयले बनेको छ । डिस्क ब्रेकयुक्त वेट क्लचयुक्त कार्ट्स सिंगल सिटर छ । यसले गर्दा एक एक जनाको प्रतिस्पर्धा आयोजना गरिने छ ।
कार्ट्स रेसिङ मोटर स्पोर्ट्सको प्रारम्भिक विधा हो । पहिले १६ वर्ष भन्दा कम उमेरका लागि मात्र कार्ट्स रेसिङ उपलब्ध भएकोमा अहिले भने सबै उमेर समूहले खेल्न मिल्ने नियम छ । विश्वभर थुप्रै एमेच्योर इभेन्ट आयोजना हुने र स्पोर्ट्समा लोकप्रिय बन्दै गएको यो एक विधा हो ।
सहरबाट नजिक हुने, थोरै लगानी गरे पुग्ने, थोरै समय दिए हुने र सुरक्षित पनि भएकाले केही फरक गरौ भन्ने धारणा भएका युवाहरुका लागि यो खेल निकै नै रोचक छ । एड्भेन्चर र थ्रिलिङ मन पराउनेहरुले मोटर ड्राइभिङ तथा बाइक राइडिङ र रेसिङलाई समेत सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्ट्स रेसिङ गर्ने गर्छन् ।
यो खेल्ने र हेर्ने दुवैका लागि रोमान्चक खेल हो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले गत सेप्टेम्बर २७ मा शुरु गरेको...
काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...
काठमाडौं – नेपालमा पहिलो पटक मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...