नेपाली मोटर स्पोर्ट्समा नयाँ अध्याय : काठमाडौं इन्जिनियरिङ कलेजले १५ लाख र अन्य प्रायोजन गर्ने
काठमाडौं – नेपाली इन्जिनियरिङ शिक्षामा प्रतिष्ठित मानिने कलेज काठमाडौं...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक फर्मुला वान इन स्कुल्स (Formula1 in Schools) कार्यक्रम शुरु गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले सो कार्यक्रमको हिजो एक समारोह बीचमा शुभारम्भ गरे ।
नेपालका १० वटा इन्जिनियरिङ, साइन्स र व्यवस्थापन कलेजका सय जना गर्ल्स छात्राहरु सहभागी सो कार्यक्रममा दिपक थापा, मन्चन तिवारी, विपिन गौतम, आशिष लामिछाने, सुयोग खनाल लगायतले फर्मुला वान, कार्ट्स रेसिङ, स्पोर्ट्स म्यानेजमेन्ट, सडक सुरक्षा र व्यक्तित्व विकास जस्ता विषयमा अभिमुखीकरण तथा तालिम दिए ।
मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ FIA को सहयोगमा सम्पन कार्यक्रममा FIA World Council Member गोविन्द भट्टराई, नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश शिवाकोटी, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतका पदाधिकारीहरु समेत अथितिको रुपमा सहभागी थिए ।
काठमाडौँ इन्जिनियरिङ कलेजका अध्यक्ष हिरण्य मान प्रधान, नासा नेपालका उपाध्यक्ष अनिल बराल तथा सदस्य दिप्रस शाक्य, नासा नेपालका परियोजना तथा वैदेशिक मामिला म्यानेजर सुवास भट्टराई र ब्रान्डिङ्ग अफिसर सौगात राजभण्डारी समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सदस्य सचिव घिसिङ्गले नासा नेपालको सक्रियताको उच्च प्रशंसा गर्दै आगामी दिनमा राखेपको निरन्तर सहयोग रहने प्रतिबद्घता जनाए ।
काठमाडौं – नेपाली इन्जिनियरिङ शिक्षामा प्रतिष्ठित मानिने कलेज काठमाडौं...
चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा...
पोखरा – पोखरा राइडर्स क्लबको आयोजनामा पोखरामा पहिलोपटक मोटर स्पोर्ट्सको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...