स्पेनमा आयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्समा नेपाली टोली सहभागी हुँदै
यही अक्टोवर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआईए...
काठमाडौं – नेपाली इन्जिनियरिङ शिक्षामा प्रतिष्ठित मानिने कलेज काठमाडौं इन्जिनियरिङ कलेजले नेपाली मोटर स्पोर्ट्सको इतिहासकै सबैभन्दा ठूलो प्रायोजन गर्ने भएको छ ।
F1 in Schools को नेपाली भर्सनको लागि नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले हाल सम्मकै सबैभन्दा ठूलो नेपाली प्रायोजकको रुपमा काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीलाई पाएको बताएको छ ।
नेपालकै नौलो र आकर्षक मोटर स्पोर्ट्सको डेभलपमेन्ट प्रोग्राम F1 In Schools Nepal र Schools to Track मा कलेजको साझेदारी सम्झौता हालै सम्पन्न भएको छ, जुन नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा ठूलो रकमको र दीर्घकालीन महत्वको हो । कलेजका अध्यक्ष तथा प्रिन्सिपल हिरेन्द्रमान प्रधान तथा नासा नेपालका अध्यक्ष दशरथ रिसालले एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो साझेदारीको घोषणा गरेका छन् ।
Schools to Track नेपाली युवा विद्यार्थीहरुलाई लक्ष्यित गरिएको मोटर स्पोर्ट्सको आधारभूत तालिम कार्यक्रम हो, जसमा विज्ञान, इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रका २०० जना विद्यार्थीहरुलाई सहभागी गराइने छ र ती मध्ये ८० प्रतिशत सहभागी महिला हुने बताइएको छ ।
सन् २०२२ भरीमा सम्पन्न गरिने लक्ष्य रहेको सो कार्यक्रममा कलेजले १५ लाख नगद, तालिम सेन्टरको व्यवस्थापन र ५० विद्यार्थीको संयोजन गर्नेछ भने अन्य विद्यार्थी अन्य कलेजहरुबाट सहभागी गराइने छ ।
कुल २ करोड ४ लाख अनुमानित खर्च लाग्ने सो कार्यका लागि मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ एफआईए, अन्य सहयोगी संस्थाहरु तथा आन्तरिक स्रोतबाट जुटाइने छ ।
विश्वमै लोकप्रिय फर्मुला वानको प्रारम्भिक विधा हो F1 in Schools, जुन १९ वर्ष भित्रका युवा माझ सञ्चालन गरिन्छ । नेपालमा यस इभेन्ट किन पनि महत्वपूर्ण छ भने अभियानका अधिकांश सहभागी महिला र इन्जिनियरिङ क्षेत्रका हुनेछन् । इन्जिनियरिङ, विज्ञान, साहस तथा सिर्जनात्मक प्रयोगको संयोजन हो मोटर स्पोर्ट्स । त्यसैको जगको रुपमा सुरु गरिएको यस अभियानमा मूलतः फर्मुला वानको अनलाइन भर्सनको ज्ञान, सर्किट डिजाइन र त्यसको सिद्धान्त, कार्ट्सको जानकारी र त्यसको प्रयोग, इभेन्ट म्यानेजमेन्ट र सञ्चार सीप, नेतृत्व र व्यक्तित्व विकास एवं अनलाइन रेसिङमा सहभागिता लगायतका कार्य हुनेछन् ।
सो अभियानमा काठमाडौं इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज, काठमाडौं विश्वविद्यालय, कसमस इन्जिनियरिङ कलेज, एभरेष्ट इन्जिनियरिङ कलेज, जेभियर एकेडेमी, काठमाडौं कलेज अफ म्यानेजमेन्ट र नाथम कलेज, रविभवनका विद्यार्थीहरु सहभागी हुनेछन् ।
सुशील तण्डुकार, मन्चन तिवारी, निरज खड्का तथा मेकानिकल, अटोमोबाइल र इलेक्ट्रिकल क्षेत्रका विज्ञहरु समेत रहेको टिमले सञ्चालन गर्ने यस अभियानको संयोजन मोटर स्पोर्ट्सको विश्व गभर्निङ बडी फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) का वर्ल्ड काउन्सिल मेम्बर तथा नासा नेपालका प्रमुख सल्लाहकार गोविन्द भट्टराईले गर्ने नासा नेपालका अध्यक्ष दशरथ रिसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यही अक्टोवर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआईए...
काठमाडौं – नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल...
काठमाडौं – अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...