माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने, ५ क्याटागोरीमा प्रतियोगिता हुने
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा माउन्ट एभरेष्ट मोटर...
काठमाडौं – मोटर, मोटर साइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टीको क्षेत्रमा विगत १२ वर्ष देखि सक्रिय नेपाल अटोमाबाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्नो खेल इभेन्टहरुको प्रोमो सार्वजनिक गरेको छ । हालै काठमाडौमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयले बृहत छलफल पश्चात ती इभेन्ट पारित गरि प्रोमो र क्यालेन्डर समेत सार्वजनिक गरेको नासा नेपालले बताएको छ ।
चालु अंग्रेजी वर्ष २०२२ र नेपाली आव ०७८/७९ एवं ०७९/८० का लागि समेत राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागिता, आयोजना तथा आवद्धता गरी तीनै प्रकारका स्पोर्ट्स इभेन्ट समावेश गरिएको छ । जसमा, नेपाली युवा माझमा अत्यन्तै लोकप्रिय मोटरसाइकल रेसिङ रेसमान्डु, मोटरसाइकलकै अफरोड रेसिङ इभेन्ट क्रसमान्डु, नेपाल रोड रेसिङ च्याम्पियनसिप जस्ता इभेन्टहरु रहेका छन् ।
त्यसैगरी महिला राइडरहरुमाझ लोकप्रिय इभेन्ट रेसनारी ट्यालेन्ट ट्रफी, नेपालको मोटर स्पोर्ट्समा अत्यन्तै सुहाउँदो -यालीक्रस इभेन्ट, माउन्ट एभरेष्ट अटोक्रस र मोटोक्रस तथा नेपालकै मोटर स्पोर्ट्सको विश्वव्यापी पहिचान बनाउन सकिने ट्रान्स–हिमालयन एड्भेन्चरको समेत प्रस्ताव गरिएको छ ।
नासा नेपालकै पहिलो मोटरिङ इभेन्ट सिन्सियर सिटिजन्स मोटर ¥यालीलाई यसपटक देखि टुरमान्डुको नयाँ ब्रान्डमा आयोजना गरिने छ भने नेपाली ड्राइभरहरुले एसिया प्यासिफिक प्रतिष्पर्धामा समेत विशिष्ट छाप छोड्न सफल अटो जिमखानाका केही इभेन्टहरु नेपाल अटो जिमखाना च्याम्पियनसिपको नाममा परिमार्जन गरिएको छ । जसका विजेतालाई एसिया प्यासिफिक अटो जिमखानामा सहभागी गराइने छ ।
काठमाडौं र कार्ट्समार्फत नेपालकै प्रर्वद्धन गर्ने कार्टिङको प्रतिष्पर्धा रहेको छ कार्ट्समान्डु, जसलाई स्ल्यालोम फम्र्याटमा हिमालयन मोटरल्यान्ड धुलिखेलमा आयोजना गरिने छ भने नेपालमै पहिलोपटक नासा ईभी कपमा कार र बाइक दुबैको संयोजन हुनेछ । एक्सप्लोर द ट्रयाक नेपाली राइडर्स/ड्राइभर्सका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय पहुँचको लागि हो । जस अन्तर्गत यसपटक कलेज टु ट्रयाक तथा गर्ल्स अन द ट्रयाकका साथै भारत तथा सिंगापुरको ट्रयाकको मज्जा नेपाली खेलाडीले लिनेछन् ।
त्यसैगरी सन् २०१८ देखि अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) ले ओलम्पिक फम्र्याटकै विश्वस्तरीय प्रतियोगिता मोटर स्पोर्ट्स गेमको शुरुवात गरेको छ । जुन यसवर्ष २०२२ को अक्टोबरमा फ्रान्समा हुँदैछ । १४ वटा विधामा हुने सो प्रतियोगितामा नेपाली खेलाडीको समेत सहभागिताका लागि नासा नेपाल प्रयत्नशील रहेको छ ।
विश्व प्रसिद्ध फर्मुला एक्स्ट्रिम ई अफरोड रेसिङ नेपालमा आयोजना गर्ने सन् २०२१ देखिको योजना कोरोनाका कारण सर्दै आएकोमा सन् २०२४ भित्र आयोजनाका लागि लण्डनस्थित कम्पनीसँग नासा नेपालले छलफल गरिरहेको बताएको छ । उक्त इभेन्ट नेपालमा आयोजना हुन सके नेपालको मोटर स्पोर्ट्स र नेपाली खेलकुदलाई नै विश्वस्तरमा पहिचान गराउने छ ।
यी इभेन्टहरु केही नासा नेपाल स्वयम्, केही प्रदेश संघ र एसोसिएट पार्टनरहरु मार्फत तथा केही क्लब र निजी क्षेत्रबाट समेत संचालन गर्न सकिने कार्यविधि सहितको निर्णय नासा नेपालले गरेको छ । टिम दर्ता शुल्क, प्रायोजन, राखेप र नेपाल पर्यटन बोर्डको अनुदान, अन्तर्राष्ट्रिय महासंघहरुको सहयोग र पार्टनरसिपबाट सो इभेन्टको आर्थिक व्यवस्थापन गरिनेछ ।
साथै, यस बाहेकका अन्य इभेन्टहरु समेत आयोजनाको लागि सम्बन्धित संघसंस्था, कर्पोरेट क्षेत्र तथा क्लबहरुलाई नासा नेपालले आग्रह गरेको बताएको छ । जसको लागि प्राविधिक तथा व्यवस्थापकीय सहयोगका लागि नासा नेपाल सदैव तयार रहेको बताएको छ । यसै क्यालेण्डर अन्र्तगत नै ड्राइभर्स, राइडर्स र अफिसियल्सलाई ट्रेनिङ र मोटिभेसन गरिनेछ । जसबाट न्यूनतम ४ सय जना लाभान्वित हुनेछन् ।
यस बाहेकका अटोमोबाइल मोविलिटी तथा टुरिजम र रोड सेफ्टीको क्यालेण्डर छिट्टै तयार गरी सार्वजनिक गरिने नासा नेपालका अध्यक्ष दशरथ रिसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा माउन्ट एभरेष्ट मोटर...
काठमाडौं – चार जना महिला राइडरहरुको समूहले पोखरा देखि लोमान्थाङ सम्मको...
दि हिमालयन मोटरसाइकल एक्स्पेरियन्सले पाँचौ म्यांगो राइड २०२२ आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...