मोटर स्पोटर्सको प्रोमो र क्यालेन्डर सार्वजनिक, मोटर स्पोर्ट्स सम्बन्धी विभिन्न इभेन्ट हुने

काठमाडौं – मोटर, मोटर साइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टीको क्षेत्रमा विगत १२ वर्ष देखि सक्रिय नेपाल अटोमाबाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्नो खेल इभेन्टहरुको प्रोमो सार्वजनिक गरेको छ । हालै काठमाडौमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयले बृहत छलफल पश्चात ती इभेन्ट पारित गरि प्रोमो र क्यालेन्डर समेत सार्वजनिक गरेको नासा नेपालले बताएको छ ।

चालु अंग्रेजी वर्ष २०२२ र नेपाली आव ०७८/७९ एवं ०७९/८० का लागि समेत राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागिता, आयोजना तथा आवद्धता गरी तीनै प्रकारका स्पोर्ट्स इभेन्ट समावेश गरिएको छ । जसमा, नेपाली युवा माझमा अत्यन्तै लोकप्रिय मोटरसाइकल रेसिङ रेसमान्डु, मोटरसाइकलकै अफरोड रेसिङ इभेन्ट क्रसमान्डु, नेपाल रोड रेसिङ च्याम्पियनसिप जस्ता इभेन्टहरु रहेका छन् ।

त्यसैगरी महिला राइडरहरुमाझ लोकप्रिय इभेन्ट रेसनारी ट्यालेन्ट ट्रफी, नेपालको मोटर स्पोर्ट्समा अत्यन्तै सुहाउँदो -यालीक्रस इभेन्ट, माउन्ट एभरेष्ट अटोक्रस र मोटोक्रस तथा नेपालकै मोटर स्पोर्ट्सको विश्वव्यापी पहिचान बनाउन सकिने ट्रान्स–हिमालयन एड्भेन्चरको समेत प्रस्ताव गरिएको छ ।

नासा नेपालकै पहिलो मोटरिङ इभेन्ट सिन्सियर सिटिजन्स मोटर ¥यालीलाई यसपटक देखि टुरमान्डुको नयाँ ब्रान्डमा आयोजना गरिने छ भने नेपाली ड्राइभरहरुले एसिया प्यासिफिक प्रतिष्पर्धामा समेत विशिष्ट छाप छोड्न सफल अटो जिमखानाका केही इभेन्टहरु नेपाल अटो जिमखाना च्याम्पियनसिपको नाममा परिमार्जन गरिएको छ । जसका विजेतालाई एसिया प्यासिफिक अटो जिमखानामा सहभागी गराइने छ ।

काठमाडौं र कार्ट्समार्फत नेपालकै प्रर्वद्धन गर्ने कार्टिङको प्रतिष्पर्धा रहेको छ कार्ट्समान्डु, जसलाई स्ल्यालोम फम्र्याटमा हिमालयन मोटरल्यान्ड धुलिखेलमा आयोजना गरिने छ भने नेपालमै पहिलोपटक नासा ईभी कपमा कार र बाइक दुबैको संयोजन हुनेछ । एक्सप्लोर द ट्रयाक नेपाली राइडर्स/ड्राइभर्सका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय पहुँचको लागि हो । जस अन्तर्गत यसपटक कलेज टु ट्रयाक तथा गर्ल्स अन द ट्रयाकका साथै भारत तथा सिंगापुरको ट्रयाकको मज्जा नेपाली खेलाडीले लिनेछन् ।

त्यसैगरी सन् २०१८ देखि अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) ले ओलम्पिक फम्र्याटकै विश्वस्तरीय प्रतियोगिता मोटर स्पोर्ट्स गेमको शुरुवात गरेको छ । जुन यसवर्ष २०२२ को अक्टोबरमा फ्रान्समा हुँदैछ । १४ वटा विधामा हुने सो प्रतियोगितामा नेपाली खेलाडीको समेत सहभागिताका लागि नासा नेपाल प्रयत्नशील रहेको छ ।

विश्व प्रसिद्ध फर्मुला एक्स्ट्रिम ई अफरोड रेसिङ नेपालमा आयोजना गर्ने सन् २०२१ देखिको योजना कोरोनाका कारण सर्दै आएकोमा सन् २०२४ भित्र आयोजनाका लागि लण्डनस्थित कम्पनीसँग नासा नेपालले छलफल गरिरहेको बताएको छ । उक्त इभेन्ट नेपालमा आयोजना हुन सके नेपालको मोटर स्पोर्ट्स र नेपाली खेलकुदलाई नै विश्वस्तरमा पहिचान गराउने छ ।

यी इभेन्टहरु केही नासा नेपाल स्वयम्, केही प्रदेश संघ र एसोसिएट पार्टनरहरु मार्फत तथा केही क्लब र निजी क्षेत्रबाट समेत संचालन गर्न सकिने कार्यविधि सहितको निर्णय नासा नेपालले गरेको छ । टिम दर्ता शुल्क, प्रायोजन, राखेप र नेपाल पर्यटन बोर्डको अनुदान, अन्तर्राष्ट्रिय महासंघहरुको सहयोग र पार्टनरसिपबाट सो इभेन्टको आर्थिक व्यवस्थापन गरिनेछ ।

साथै, यस बाहेकका अन्य इभेन्टहरु समेत आयोजनाको लागि सम्बन्धित संघसंस्था, कर्पोरेट क्षेत्र तथा क्लबहरुलाई नासा नेपालले आग्रह गरेको बताएको छ । जसको लागि प्राविधिक तथा व्यवस्थापकीय सहयोगका लागि नासा नेपाल सदैव तयार रहेको बताएको छ । यसै क्यालेण्डर अन्र्तगत नै ड्राइभर्स, राइडर्स र अफिसियल्सलाई ट्रेनिङ र मोटिभेसन गरिनेछ । जसबाट न्यूनतम ४ सय जना लाभान्वित हुनेछन् ।

यस बाहेकका अटोमोबाइल मोविलिटी तथा टुरिजम र रोड सेफ्टीको क्यालेण्डर छिट्टै तयार गरी सार्वजनिक गरिने नासा नेपालका अध्यक्ष दशरथ रिसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचारहरू

चार्ल्स लेक्लेर्कले जिते अष्ट्रेलियन ग्रांपी

चार्ल्स लेक्लेर्कले जिते अष्ट्रेलियन ग्रांपी

अष्ट्रेलियाको मेलबर्नमा हिजो सम्पन्न कार रेस प्रतियोगिता अष्ट्रेलियन...

चितवनमा सम्पन्न भयो सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला 

चितवनमा सम्पन्न भयो सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला 

चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा चितवनको...

मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई गरियो सम्मान

मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई गरियो सम्मान

काठमाडौं – फ्रान्सको मार्सेली सहरमा केही दिन पहिले सम्पन्न ओलम्पिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...