बीवाईडीको नयाँ फ्ल्यागसिप सेडान ‘अल्टियर’, नोभेम्बरमा सार्वजनिक हुने
चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले आफ्नो लक्जरी...
काठमाडौं–युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रिट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ ।
पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने जनाइएको छ ।
काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले यसपटक सहरका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै मञ्चमा ल्याउने विश्वास आयोजकले लिएको छ ।
बुटवलमा करिब २,५०० जनाको सहभागिता रहेको यस कार्यक्रमले पोखरामा पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा गरिएको छ ।
कार्यक्रममा पल्सर एन१६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ । साथै, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन् ।
स्थानीय डिजे तथा ग्राफिटी कलाकारले आफ्नो कला प्रस्तुत गर्नेछन् भने पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना पनि रहेको छ ।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्च पनि हो । विभिन्न खेल, कला र संगीतमा सक्रिय युवालाई जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभालाई थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...