यस्ता छन् इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा हुने चुनौतीहरू

इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गर्ने वारेमा धेरै चर्चा भएका छन् । यो कार्य नेपालमा पनि प्रारम्भ भएको छ । सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छ ।

यद्यपि यो कार्य सहज भने छैन । यसका लागि धेरै मेकानिकल र इलेक्ट्रिक लगायतका विभिन्न पक्षमा ध्यान दिनु आवश्यक हुन्छ । सावधानीपूर्वक आवश्यक पार्ट्स र अन्य विभिन्न पक्षको वारेमा अध्ययन गरी त्यसै अनुसार सवारी साधनको व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।

ड्राइभ पक्ष
इन्जिनयुक्त गाडीको इन्जिन तथा ट्रान्समिसनका सम्पूर्ण पार्ट्स हटाई त्यसको ठाउँमा विद्युतीय पार्ट्स फिट गर्नु पर्दछ । त्यसको लागि उचित माउन्ट गर्नुका अतिरिक्त गाडीको बडीमा परिमार्जन गर्नु जरूरी हुन्छ । उपयुक्त माउन्ट गर्ने रबर पार्ट्स जरूरी हुन्छ । जसको लागि प्रयोग हुने हाई भोल्ट ब्याट्री मोटर तथा मोटरको पावर वा टर्क तथा गुडाउँदा विभिन्न खालको सडकबाट उत्पन्न हुने भाइब्रेसनको अनुपातमा सोही अनुसारको क्षमताको माउन्ट गर्ने रबरयुक्त माउन्टिङ प्रयोग गर्नुपर्छ । सकेसम्म बढी माइलेज तथा दीर्घकालसम्म उपयोगिताको लागि कम तौल भएको सिङ्गल स्पिड गियरबक्स प्रयोग गर्नु राम्रो हुन्छ । साथै चक्का ड्राइभ गर्न आवश्क एक्सल तथा हवको परिमार्जन जरूरी हुन्छ । माथिको विवरणको अनुसार ड्राइभ पार्टको लागि विद्युतीय ट्रयाक्सन मोटर, इलेक्ट्रोनिक कन्ट्रोलर तथा इन्भर्टर, ट्रान्समिसन तथा ड्राइभ एक्सल, डि.सी. कन्भर्टर, लो–भोल्टेज इक्विपमेन्ट (हेडलाइट, हर्न वाइपर आदि) चलाउन सानो एक्जुलरी ब्याट्री आदि आवश्यक पर्दछ । नेपालमा यस्ता मोडिफिकेसनको लागि आवश्यक सामानहरुको उत्पादन नहुने हुँदा प्रायः सबै जसो पार्ट्स विदेशबाट नै आयात गर्नु पर्दछ ।

हाई भोल्ट ब्याट्री
विद्युतीय सवारीमा मुख्य पावर सोर्सको लागि हाई भोल्टेज ब्याट्रीको प्रयोग गर्नुपर्दछ । यसलाई इन्धन ट्याङ्क हटाई सो ठाउँमा उपयुक्त स्पेसको लागि गाडीको सकेसम्म केन्द्र भागको बटम पार्टमा बडी मोडिफिकेसन गरि फिट गर्नु पर्छ । यसरी मोडिफिकेसन गर्दा हाम्रो सडकको अवस्थालाई ध्यानमा राखेर ग्राउन्ड क्लियरेन्सको लागि निकै ध्यान दिनु पर्दछ । लामो समय चलाउन तथा बढी इफिसियन्सीको लागि लिथियम आयोन ब्याट्री प्रयोग गर्नु राम्रो हुन्छ ।

ब्याट्रीमा चार्जिङ र डिस्चार्जिङ (गाडी चलाउँदा) भौगोलिक हिसाबले विभिन्न बाहिरी तापक्रम र आन्तरिक तापक्रमलाई नियन्त्रण गर्नु जरूरी हुन्छ । यसको लागि ब्याट्री कुलिङ प्रविधियुक्त ब्याट्री प्रयोग गर्नु राम्रो हुन्छ । लिथियम ब्याट्रीको प्रयोग, बिग्रिएमा पुरै एसेम्ब्ली फेर्ने खालको भन्दा ब्याट्रीमा बिग्रेको सेल वा मोडुलमात्र पनि मर्मत गर्न सकिने खालको तथा पानी, धुलो आदिबाट जोगाउन इनग्रेस प्रोटेक्सन राम्रो भएको ब्याट्री छनौट गर्नु बुद्धिमता हुन्छ ।

कुलिङ सिस्टम
ब्याट्री चार्जिङ तथा डिस्चार्जिङ हँुदा उत्पन्न हुने तापक्रम तथा मोटर, इलेक्ट्रोनिक कन्ट्रोलर इन्भर्टर आदि पार्ट्सको कुलिङ राम्रोसँग हुने तरिकाले व्यवस्थापन गर्नु पर्छ । वाटर कुलिङ ब्याट्रीको लागि उपयुक्त हुन्छ । यसले थर्मल इन्सिडेन्ट वा आगलागीबाट विद्युतीय गाडीलाई जोगाउन मद्दत गर्छ ।

सुरक्षा प्रणाली
सवारी सुरक्षाको लागि धेरै देशहरूको आफ्नो आफ्नो मापदण्ड छ र त्यसको लागि अनिवार्य रूपमा गाडी तथा त्यसमा सवार व्यक्तिहरूको सुरक्षाको लागि आवश्यक सिटबेल्ट, एयरब्याग, एबिएस, हिट इन्सुलेसन तथा गाडीको बडीमा हुने रेनफोर्समेन्टहरू राखिनु पर्दछ । पुराना इन्जिन गाडीहरूमा यस्तो सिस्टम छैन र सो गाडीलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा निकै ध्यानपुर्वक यस्तो सुरक्षालाई व्यवस्था गर्नु पर्दछ । ब्रेक सजिलो र इफिसियन्सीको लागि ब्रेक बुस्टरसँग विद्युतीय भ्याकुम मोटर प्रयोग गर्नु पर्दछ । विद्युतीय सवारी चलाउँदा सवारीको आवाज इन्जिन सहितको गाडी जस्तो नहुने हुँदा सडकमा हिड्ने पैदल यात्रीले विद्युतीय गाडी नजिक आउँदा थाहा पाउने खालको सानो आवाज हुनु राम्रो हुन्छ ।

इलेक्ट्रिक वायरिङ तथा ड्यास प्यानल
इन्जिन गाडीलाई विद्युतीयमा परिवर्तन गर्दा ड्राइभरको अगाडि हुने ड्यास प्यानलमा परिमार्जन गर्नु पर्दछ । ब्याट्रीको चार्जको लेभल, माइलेज तथा स्पिड हेर्ने इन्फर्मेसन डिस्प्ले जरूरी हुन्छ ।

हाई भोल्टेज तथा लो भोल्टेज पावर सप्लाईको लागि कम अवरोध भएको वायर सुरक्षित इन्सुलेसन सहित प्रयोग गर्नु पर्दछ । सर्ट सर्किट तथा ओभर लोडको कारणले हुने क्षतिबाट जोगाउन फ्युजिबल लिङ्क, फ्युज तथा रिले सर्किटको प्रयोग गर्नु पर्छ । गाडीको बाहिरी तथा भित्री लाइटहरू सकेसम्म एलईडी प्रयोग गरेमा ब्याट्री पावर बचाउन धेरै सहयोग पुग्छ ।

चार्जिङ सिस्टम
विद्युतीय सवारी चार्जिङको सहज व्यवस्था नभएको हाम्रो मुलुकमा गाडीको चार्जिङ सिस्टम अलि सजिलो बनाउनु पर्छ । ब्याट्रीलाई लामो समयसम्म प्रयोग गर्न सकेसम्म स्लो चार्जिङ रेटमा ब्याट्री चार्ज गर्नु राम्रो हुन्छ । त्यसको लागि सकेसम्म १३ एम्पियर भन्दा तलको सिङ्गल फेज विद्युतमा प्रयोग हुने चार्जर छनौट गर्नु पर्छ । टाईप जी वा एम प्लग पावर सप्लाई साइड र टाइप १ वा सि सि एस प्लग गाडी साइडमा प्रयोग गर्नु पर्छ । अत्यावश्यक समयमा फास्ट चार्जिङ प्रयोग गर्नको लागि फास्ट चार्जिङ प्वाइन्ट गाडीमा हुन जरूरी छ ।

इन्जिन भएको गाडीलाई विद्युतीय सवारीमा परिवर्तन गर्न माथि आधारभूत सामान्य प्राविधिक कुराहरूको विषय उल्लेख भए पनि व्यावसायिक रूपमा एउटा इन्जिन भएको पुरानो/नयाँ गाडीलाई विद्युतीय सवारीमा बदल्नका लागि आवश्यक पार्ट्स नेपालमा उत्पादन नहुने भएकोले सबैखालका विद्युतीय र मेकानिकल पार्ट्स विदेशबाट नै आयात गर्नु पर्ने हुन्छ । बदल्ने प्रक्रियाको उचित वैज्ञानिक तथा इन्जिनियरिङ अध्ययन अत्यन्त जरूरी हुन्छ । नमूनाको रूपमा वा शोखको लागि फाट्टफूट्ट विद्युतीय बाइक वा गाडी वनाएको खबरले चाख राख्ने समुदाय वा ब्यक्तिलाई हौसला प्रदान त गर्दछ तर व्यावसायिक रूपले विद्युतीय सवारीमा परिवर्तन गर्ने वातावरण अझै बन्न सकेको छैन ।

सरकारको तर्फबाट यातायात व्यवस्था विभाग तथा सवारी परीक्षण कार्यालयले एउटा सहज मापदण्ड वनाई विद्युतीय गाडीमा परिवर्तन गरिएका गाडीहरूको उचित परीक्षण पास गर्नु जरूरी हुन्छ । हाल नेपालको आर्थिक विषम परिस्थितिमा सरकारले यस्तो विषयमा तत्काल बहस गरि पुराना थन्केका सरकारी गाडीलाई कम खर्चमा विद्युतीय गाडीमा परिवर्तन गर्न सके देशलाई आर्थिक रूपमा ठूलो सहयोग हुने थियो ।

केपी पोखरेल
(पोखरेल निसान सर्भिस सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

सम्बन्धित समाचारहरू

स्काइवेल ईटी५ चढ्नेहरु ३० वर्ष बढी बाँच्ने दावी, यस्तो छ कारण

स्काइवेल ईटी५ चढ्नेहरु ३० वर्ष बढी बाँच्ने दावी, यस्तो छ कारण

तपाईलाई उच्च रक्तचाप अथवा नियमित रुपमा पखाला लाग्ने जस्ता समस्या छन् र रोग...

तयार हुँदै फक्सवागनको इन्ट्रि लेवल इभी, रेन्ज ४०० किलोमिटर वढी दिने अनुमान

तयार हुँदै फक्सवागनको इन्ट्रि लेवल इभी, रेन्ज ४०० किलोमिटर वढी दिने अनुमान

फक्सवागनले आफ्नो इन्ट्रि लेवल इभीको टिजर स्केच सार्वजनिक गरेको छ । यो नयाँ...

औपचारिक लन्च पहिले आइकार भी२३ को पहिलो झलक सार्वजनिक, एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने

औपचारिक लन्च पहिले आइकार भी२३ को पहिलो झलक सार्वजनिक, एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने

काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको गाडीको आधिकारिक वितरक एसपीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...