मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीको ईभी र्याली सम्पन्न, वातावरणीय दिगोपनलाई जोड

काठमाडौं–मिसेस नेपाल वल्र्ड–२०२४ प्रतियोगिताको शिलशिलामा विशेष विद्युतीय सवारीसाधन र्याली सम्पन्न भएको छ । वातावरणीय सचेतना र दिगोपन प्रवद्र्धन गर्न आयोजना गरिएको यो र्यालीले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायातको आवश्यकता औंल्याएको छ ।

कार्यक्रममा मिसेस नेपाल वल्र्डका प्रतियोगीहरू विद्युतीय सवारीसाधनका चालकहरू, तथा विभिन्न क्षेत्रका उत्साही समर्थकहरूको सहभागिता रहेको थियो । लुयान नेपालले यस कार्यक्रमको राइड पार्टनर को रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आयोजकहरूले विद्युतीय सवारीसाधनको महत्व र यसको उपयोगले दीर्घकालीन रूपमा वातावरणमा पर्ने सकारात्मक प्रभावलाई मुख्य सन्देशका रूपमा अघि सारे ।

र्यालीको उद्घाटन गर्दै लुयान नेपालका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले भने, ‘विद्युतीय सवारीसाधनहरू दिगो भविष्य तर्फको बाटो हुन् । हामीले आजको र्यालीमा सहभागिता जनाएर प्रदूषण कमगर्ने यात्रालाई तीव्र पार्न सबैको योगदान महत्वपूर्ण छ’ । उनले आयोजकहरूलाई धन्यवाद दिँदै, विद्युतीय सवारीसाधनको विकासमा सहभागिता जनाउने सबैको प्रशंसा गरे ।

र्यालीमा लुयालनका विभिन्न मोडेलका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएको थियो । काठमाडौंको नक्सालस्थित लुयानको शोरुमबाट सुरु भएको र्याली उपत्यकाको प्रमुख सडकहरू हुँदै ललितपुरको गोदावरी पुगी पुनःनक्सालमै आएर टुंगिएको थियो ।

सम्बन्धित समाचारहरू

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

काठमाडौं – सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय...

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटोमोबाइल उद्योगको शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुले...

एनपीएलको उत्कृष्ट खेलाडीलाई शारडा ग्रुपले ६२ लाख पर्ने ओमोडा ई५ कार उपहार दिने

एनपीएलको उत्कृष्ट खेलाडीलाई शारडा ग्रुपले ६२ लाख पर्ने ओमोडा ई५ कार उपहार दिने

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...