होन्डाको नयाँ ई–क्लच प्रविधियुक्त मोटरसाइकल लन्च, क्लच थिच्ने झन्झटबाट मुक्ति

होन्डाले आफ्नो नयाँ मोटरसाइकल सीबी७५० हर्नेट र एक्सएल७५० ट्रान्सअल्पमा ई-क्लच प्रविधिसहित लन्च गरेको छ । यसले चालकलाई बारम्बार क्लच प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति दिने अपेक्षा गरिएको छ।  

कम्पनीका अनुसार नयाँ ई-क्लच प्रविधिले कम्पनीको उन्नत इन्जिनियरिङ क्षमता र ग्राहकलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ। सो प्रविधि विशेष गरी सहरको व्यस्त ट्राफिकदेखि लामो दूरीको यात्रासम्म सहज र आरामदायी सवारी अनुभव दिन तयार गरिएको हो।

नयाँ सीबी७५० हर्नेटमा अपसाइड डाउन फ्रन्ट फोर्क, ड्युअल फ्रन्ट डिस्क ब्रेक र स्मार्टफोन कनेक्टिभिटीसहितको टीएफटी डिस्प्ले जस्ता फिचर समावेश छ । यसको मूल्य १० लाख ४९ हजार भारु तोकिएको छ। त्यसैगरी, एड्भेन्चर टुरिङ बाइक एक्सएल७५० ट्रान्सअल्पमा लामो दूरीका लागि उपयुक्त सस्पेन्सन, ग्राभेल मोडसहितका विभिन्न राइडिङ मोड र ड्युअल एलईडी हेडल्याम्प समावेश छ । यसको मूल्य १३ लाख २० हजार भारु निर्धारण गरिएको छ।

सीबी७५० हर्नेट र एक्सएल७५० ट्रान्सअल्प दुवैमा ७५५ सीसी क्षमताको प्यारेलल ट्विन इन्जिन जडान गरिएको छ। सो इन्जिनले ६७.५ किलोवाट पावर र ७५ एनएमको टर्क उत्पादन गर्छ। नयाँ ई क्लच प्रविधिसँगको संयोजनले यी मोटरसाइकलको सवारी अनुभवलाई अझ सहज र उन्नत बनाउने कम्पनीको दाबी छ।

सम्बन्धित समाचारहरू

होण्डा मोटरसाइकल र स्कुटरको उत्पादन नेपालमै सुरु, भैरहवामा सुबिधासम्पन्न प्लान्ट

होण्डा मोटरसाइकल र स्कुटरको उत्पादन नेपालमै सुरु, भैरहवामा सुबिधासम्पन्न प्लान्ट

काठमाडौं– होण्डाका दुई पाङ्ग्रे सवारीको एसेम्बल अब नेपालमै हुने भएको छ ।...

होन्डाले लन्च गर्यो एक्टिभाको प्रिमियम एडिसन

होन्डाले लन्च गर्यो एक्टिभाको प्रिमियम एडिसन

होन्डाले आफ्नो लोकप्रिय स्कुटर एक्टिभाको प्रिमियम एडिसन लन्च गरेको छ । यो...

होन्डाले नयाँ स्कुटर ल्याउदै, टिजर सार्वजनिक

होन्डाले नयाँ स्कुटर ल्याउदै, टिजर सार्वजनिक

आफ्नो फ्ल्यागसिप मोडल एक्टिभाका साथ स्कुटर बजारमा राज गरिरहेको होन्डाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...