७० दिनमा १० हजार ग्राहकले पाए महिन्द्राका दुई नयाँ ईभी, नेपालमा रोड टेष्ट चल्दै

महिन्द्राले आफ्नो दुई नयाँ ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको ७० दिन पुरा भएको छ । यस अवधिमा १० हजार युनिट कार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

गत वर्ष नोभेम्बरमा लन्च गरिएका आफ्ना दुई ईभी ‘बीई६ र एक्सईभी ९ई’ को डेलिभरीलाई कम्पनीले रफ्तारमा अघि बढाइरहेको हो । लन्च भएको पहिलो दिनमै ३० हजार भन्दा बढी बुकिङहरू प्राप्त गरेको कम्पनीले डेलिभरी भने मार्च २०, २०२५ देखि सुरु गरेको थियो ।

महिन्द्राका अनुसार, एक्सईभी ९ई ले कुल बुकिङको ५६ प्रतिशत ओगटेको छ भने ४४ प्रतिशत ग्राहकले बीई ६ रोजेका छन् । बीई६ को सुरुवाती मूल्य १८ लाख ९० हजार र एक्सईभी ९ईको २१ लाख ९० हजार भारु पर्छ ।

दुबै इलेक्ट्रिक एसयूभी ५९ र ७९ किलोवाट आवर ब्याट्री अप्सनमा उपलब्ध छन् । जसमध्ये, बीई६ ले ५३५ र ६८२ तथा एक्सईभी ९ई ले ५४२ र ६५६ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

महिन्द्राका यी दुबै ईभी नेपाली बजारमा समेत भित्रिइसकेका छन् । महिन्द्रा प्यासेन्जर कारको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले केही समयअघि भन्सार प्रयोजनका लागि मूल्य सार्बजनिक गरेर यी ईभी छिट्टै उपलब्ध हुने जनाउ दिएको छ । सम्भवतः आगामी नाईमा मोबिलिटी एक्सपोमा यी कार लन्च हुनेछन् ।

नेपाली सडकमा परिक्षण भइरहेका यी ईभीको सुरुवाती मूल्य ७६ लाख ३० हजार तोकिएको छ भने सबैभन्दा महंगो भेरिएन्टलाई १ करोड ७ लाख रुपैयाँ पर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

ईभी मर्मतका लागि ६ महिने ‘अन द जब ट्रेनिङ’ दिदै काठमाडौं महानगरपालिका, यसरी दिनुस् आवेदन

ईभी मर्मतका लागि ६ महिने ‘अन द जब ट्रेनिङ’ दिदै काठमाडौं महानगरपालिका, यसरी दिनुस् आवेदन

काठमाडौं – इलेक्ट्रिक सवारी साधन अर्थात ईभी मर्मतका लागि काठमाडौं...

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं– वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले...

रोचक : फोर्डका सीईओले दैनिक प्रयोग गर्छन् चाइनिज प्रतिस्पर्धी शाओमीको इलेक्ट्रिक कार

रोचक : फोर्डका सीईओले दैनिक प्रयोग गर्छन् चाइनिज प्रतिस्पर्धी शाओमीको इलेक्ट्रिक कार

अमेरिकी कार निर्माता कम्पनी फोर्डका मालिक कुन कार चढ्छन् होला ? पक्कै पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...