रोचक : फोर्डका सीईओले दैनिक प्रयोग गर्छन् चाइनिज प्रतिस्पर्धी शाओमीको इलेक्ट्रिक कार

अमेरिकी कार निर्माता कम्पनी फोर्डका मालिक कुन कार चढ्छन् होला ? पक्कै पनि फोर्डकै कुनै मोडल । तर तपाईको अनुमान गलत छ । उनी चाइनिज कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड शाओमीको इलेक्ट्रिक कार एसयु७ चढ्छन् ।

यो कुरा फोर्डका सीईओ जिम फार्लेले एभ्रिथिङ इलेक्ट्रिक शो पोडकास्टमा आफैले बताएका हुन् । फोर्डले चीनको सांघाईबाट उक्त कार अमेरिकाको शिकागोमा आयात गरेको थियो र उनले विगत ६ महिना देखि सो कार चढिरहेका छन् ।

आफूले सो कार अझै पनि चढ्ने उनले बताएका छन् । यसलाई छोड्न नचाहेको समेत उनले बताएका छन् । सामान्यतः शाओमी र बीवाईडी जस्ता चाइनिज कार ब्रान्ड अमेरिकी ब्रान्डका लागि चुनौतीपूर्ण छन् । तर फोर्डका सीईओ भने यो कुरामा अलि फरक देखिएका छन् ।

शाओमीको एसयु७ चीनमा सन् २०२४ मा उपलब्ध नयाँ इलेक्ट्रिक कार हो । विशेषतः स्मार्टफोन र कन्जुमर इलेक्ट्रोनिक्स कम्पनीको रुपमा लोकप्रिय शाओमीले इलेक्ट्रिक भेइकल उत्पादन गर्ने योजना सन् २०२१ म सार्वजनिक गरेको थियो ।

शाओमी एसयु७ फुल साइज सेडान हो र यो ३० हजार डलर भन्दा कम मूल्यमै उपलब्ध छ । यसमा एयर सस्पेन्सन, एडेप्टिभ ड्याम्पर र एक्टिभ एरो जस्ता फिचर रहेका छन् । यो शाओमीको आफ्नै लेभल २ र एनओए अर्थात नेभिगेट अन अटोपाइलट सिस्टमका साथ आउँछ, जुन चीनका १०० सहरमा प्रयोग गर्नका लागि प्रमाणित गरिएको छ ।

शाओमी एसयु७ चीनमा एकदमै लोकप्रिय कार बनेको छ । सन् २०२४ का लागि उत्पादन भएको पहिलो दिनमै सो कार सोल्ड आउट भएको थियो । पहिलो मोडल डेलिभरी हुनु पहिले नै शाओमीले १ लाख युनिट कार बिक्री गरिसकेको रिपोर्ट सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचारहरू

१० दिनपछि विक्री शुरु हुँदै अर्को नयाँ इलेक्ट्रिक सिटी कार, मूल्य २२ लाख ५० हजार

१० दिनपछि विक्री शुरु हुँदै अर्को नयाँ इलेक्ट्रिक सिटी कार, मूल्य २२ लाख ५० हजार

नेपाली अटो बजारमा अर्को नयाँ मिनी इलेक्ट्रिक कारको विक्री शुरु हुने भएको छ...

नेपाल आउने भयो विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक गाडी निसान लिफ, टिजर सार्वजनिक

नेपाल आउने भयो विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक गाडी निसान लिफ, टिजर सार्वजनिक

काठमाडौं – विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक कारको पहिचान बनाएको निसान...

अटो पाइलट मोडमा गुडाएर टेस्ला चालक मस्त निदाएपछि

अटो पाइलट मोडमा गुडाएर टेस्ला चालक मस्त निदाएपछि

जर्मनीमा एक जना टेस्ला चालकलाई अटो पाइलट मोडमा गाडी गुडाएर मस्त निदाएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...