टीभीएस जुपिटरको ऐतिहासिक उपलब्धि, १३ वर्षमै १ करोड स्कुटर उत्पादनको कोसेढुङ्गा पार

टीभीएस मोटर कम्पनीले स्कुटर उत्पादनमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले नोभेम्बर २४, २०२६ मा तमिलनाडुको होसुरस्थित उत्पादन प्लान्टबाट १ करोडौं जुपिटर स्कुटर उत्पादन गरेको घोषणा गरेको हो। सो उपलब्धिसँगै जुपिटर भारतमा १ करोड उत्पादनको आँकडा पार गर्ने स्कुटर ब्रान्ड बनेको छ।

सन् २०१३ मा लन्च गरिएको सो स्कुटर सुरुवातको ९ वर्षमा ५० लाख उत्पादन युनिट गरेको थियो । त्यसपछि ५० लाख युनिटको उत्पादन गर्न केवल ४ वर्ष लागेको थियो । कम्पनीले हाल जुपिटरका २ भेरियन्ट जुपिटर ११० र जुपिटर १२५ बिक्री गर्दै आइरहेको छ ।

टीभीएस जुपिटरले सुरुवातदेखि नै पारिवारिक स्कुटरको सुविधा, व्यावहारिकता र कार्यसम्पादनलाई प्राथमिकता दिँदै आएको छ। यसमा डबल हेल्मेट राख्न मिल्ने स्टोरेज, अगाडिबाटै इन्धन भर्न सकिने सुविधा, इन्फिनिटी लाइट बार, आई-गो असिस्ट प्रविधि र बलियो मेटल बडीका कारण यो निकै लोकप्रिय बन्दै आएको छ ।  साथै बडी ब्यालेन्स टेक्नोलोजी र टीभीएस स्मार्ट कनेक्ट जस्ता फिचरले सेफ्टी र कनेक्टिभिटी जस्ता फिचर समावेश गरिएको छ ।

कम्पनीले जुपिटरमा आवश्यकता अनुसार निरन्तर परिमार्जन गर्दै आएको छ। सुरुवातको पहिलो वर्षमै ५ लाख बिक्रीको आँकडा पार गर्न सफल बनेको जुपिटर स्कुटर भारतीय बजारमा दोस्रो ठूलो स्कुटर ब्रान्डका रूपमा समेत स्थापित भएको थियो। सन् २०२१ मा टीभीएस जुपिटर १२५ सार्वजनिक गर्दै कम्पनीले १२५ सीसी सेग्मेन्टमा थप आराम, स्पेस र फिचरको अनुभव विस्तार गरेको थियो।

त्यसपछि सन् २०२४ मा सार्वजनिक गरिएको नयाँ टीभीएस जुपिटर ११० ले आधुनिक डिजाइन, माइलेज र थप एड्भान्स फिचरमार्फत नयाँ पुस्ताका ग्राहकलाई आकर्षित गरेको छ। सार्वजनिक भएको ६ महिनाभित्रै यसले ‘मोस्ट अवार्डेड स्कुटर अफ द ईयर’ को उपाधिसमेत प्राप्त गरेको थियो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...