बीवाईडीको फोल्ड हुने स्टेयरिङ ह्विल गाडी चलाउँदा होइन, आराम गर्दा प्रयोग गर्न मिल्ने
काठमाडौं–बीवाईडीले आफ्नो नयाँ एसयूभी फाङ चेङ बाओ टीआई ९ मा उपलब्ध गराएको...
काठमाडौं–बीवाईडीले युरोपमा आफ्नो बजार विस्तार गर्न फ्रान्समा रहेको आईनियोस अटोमोटिभको कार उत्पादन प्लान्ट खरिद गर्ने तयारी गरेको छ । कम्पनीले फ्रान्सको हाम्बाखस्थित प्लान्ट अधिग्रहणका लागि आईनियोससँग विशेष वार्ता सुरु गरेको हो ।
बीवाईडीले नोभेम्बर २४ मा जारी गरेको विज्ञप्तिमा उक्त प्लान्ट खरिद गर्ने विषयमा आईनियोस अटोमोटिभसँग वार्ता भइरहेको पुष्टि गरेको छ । यद्यपि, यो सम्झौता सम्बन्धित कर्मचारी प्रतिनिधिहरूसँगको परामर्श प्रक्रियामा निर्भर रहनेछ ।
फ्रान्सको मोसेल क्षेत्रमा रहेको उक्त प्लान्टमा हाल करिब ९०० कर्मचारी कार्यरत छन् । यसअघि मर्सिडिज बेन्जको स्वामित्वमा रहेको यो प्लान्ट सन् २०२० मा आईनियोसले खरिद गरेको थियो । सन् २०२२ देखि यहाँ आईनियोस ग्रेनेडियर एसयूभी र क्वार्टरमास्टर पिकअप उत्पादन हुँदै आएका छन् ।
सम्झौता सफल भएमा बीवाईडीले युरोपमा आफ्नो उत्पादन क्षमता थप विस्तार गर्न सक्नेछ । कम्पनीले युरोपेली ग्राहकलाई लक्षित गरी फ्रान्समै गाडी उत्पादन गर्ने योजना बनाएको छ । यसबाट चीनबाट आयात हुने गाडीमा लाग्ने अतिरिक्त भन्सार शुल्कको प्रभाव पनि कम गर्न सक्नेछ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि बीवाईडीको लगानी योजनाबारे पुष्टि गरेका छन् । उनले यससम्बन्धी विस्तृत जानकारी सन् २०२७ जनवरी १८ मा आयोजना हुने ‘चुज फ्रान्स’ लगानी सम्मेलनमा सार्वजनिक गरिने बताएका छन् ।
बीवाईडीले हंगेरीमा पनि नयाँ उत्पादन प्लान्ट निर्माण गरिरहेको छ, जहाँ सन् २०२७ को सुरुवातदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्ने लक्ष्य छ । फ्रान्सको प्लान्ट खरिद भएमा हंगेरीपछि युरोपमा बीवाईडीको यो दोस्रो कार उत्पादन केन्द्र हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...