३४ किलोमिटर माइलेजसहित हार्ले डेभिडसन स्प्रिन्ट ४४० लन्च

हार्ले डेभिडसनले ईआईसीएमए २०२६ मा नयाँ मोटरसाइकल स्प्रिन्ट ४४० क्लासिक क्रुजर सार्वजनिक गरेको थियो । सो बाइक अब जापानी बजारमा लन्च गरिएको छ। जापानमा यसको मूल्य ८ लाख ९८ हजार ८०० येन तोकिएको छ । नयाँ स्प्रिन्ट ४४० मा ३ वटा रङ विकल्प उपलब्ध छ ।

हार्ले डेभिडसन स्प्रिन्ट ४४० हिरो मोटोकर्पसँग सहकार्यमा विकास गरिएको एक्स४४० प्लेटफर्ममा विकसित गरिएको हो । सो बाइकमा ४४० सीसी क्षमताको एयर तथा आयल कुल्ड, फोर-स्ट्रोक, ४ स्ट्रोक एसओएचसी २ भल्भ सिंगल-सिलिन्डर इन्जिन दिइएको छ। सो इन्जिनले २७ एचपी पावर र ३८ एनएम टर्क उत्पादन गर्छ। यसको इन्जिनलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ । यसले प्रतिलिटर ३४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।

सो बाइकको सिट हाइट ६८३ एमएम रहेको छ । बाइकको तौल १८७ किलोग्राम रहेको छ भने यसको लम्बाई २१४५ एमएम र ह्विलबेस १४५० एमएम छ । बाइकमा ९ लिटरको फ्युल ट्याङ उपलब्ध गराएको छ । सस्पेन्शनको लागि फ्रन्टमा ४३ एमएमको इन्भर्टेड फोर्क्स र पछाडि ड्युअल रियर शक एब्जर्बर दिइएको छ । यसको रियर सस्पेन्शन ७ लेभल एड्जस्टेबल प्रीलोडसँग उपलब्ध हुनेछ ।

बाइकमा १९ इन्चको फ्रन्ट र १७ इन्चको रियर ह्विल दिइएको छ। ब्रेकिङका लागि अगाडि २-पिस्टन क्यालिपरसहित ३२० एमएमको सिंगल डिस्क र पछाडि १-पिस्टन क्यालिपरसहित २४० एमएमको सिंगल डिस्क दिइएको छ। सेफ्टीका लागि बाइकमा स्ट्यान्डर्ड रूपमा ड्युअल च्यानल एबीएस उपलब्ध छ।यसमा गोलाकार एलईडी हेडलाइट, टियरड्रप आकारको फ्युल ट्याङ, टेपर्ड डिजाइनको एग्जस्ट, पछाडितर्फ साँघुरिँदै जाने फास्टब्याक आकारको सिट र एलईडी टेललाइट रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...