३४ किलोमिटर माइलेजसहित हार्ले डेभिडसन स्प्रिन्ट ४४० लन्च
हार्ले डेभिडसनले ईआईसीएमए २०२६ मा नयाँ मोटरसाइकल स्प्रिन्ट ४४० क्लासिक...
काठमाडौं–हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
कम्पनीले नेपालको हायर पर्चेज फाइनान्सिङ क्षेत्रमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै विभिन्न उत्पादन तथा सेवा क्षेत्रमा वित्तीय सेवाको विस्तार गरिरहेको महत्वपूर्ण समयमा उनको नियुक्ति भएको हो ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त हायर पर्चेज वित्तीय संस्था हो । कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन, ल्यापटप, मोबाइल फोनलगायतका उपभोक्ता इलेक्ट्रोनिक्स सामग्री खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ ।
उपभोक्ता वित्तीय सेवाको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको कम्पनीले नवीन वित्तीय समाधान तथा रणनीतिक साझेदारीमार्फत ग्राहकका लागि वित्तीय सेवाहरूलाई अझ सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।
कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृतको नियुक्तिले नेतृत्व, कार्यसञ्चालन क्षमता तथा रणनीतिक दिशालाई थप बलियो बनाउँदै नेपालको वित्तीय सेवा क्षेत्रमा दिगो विकास हासिल गर्ने दीर्घकालीन लक्ष्यलाई सहयोग पु-याउने कम्पनीको अपेक्षा छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...