भारतमा ईभी बिक्रीले बनायो नयाँ रेकर्ड, ४२ दिनमै ५ लाख युनिट नाघ्यो

काठमाडौं–भारतमा यस वर्षको चाडपर्व सिजनमा विद्युतीय सवारीसाधन (ईभी) को बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ ।

अक्टोबर ११ देखि नोभेम्बर २१ सम्मको ४२ दिनमा ५ लाख ९ हजार ६६७ युनिट ईभी बिक्री भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२.६२ प्रतिशत बढी हो ।

फेडरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा) का अनुसार यस अवधिमा भारतमा कुल ५५ लाख २५ हजार ४९० युनिट सवारीसाधन बिक्री भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २.२१ प्रतिशत बढी हो ।

ईभी बिक्रीमध्ये दुईपाङ्ग्रे सवारीसाधनको हिस्सा सबैभन्दा ठूलो रहेको छ । यस अवधिमा ३ लाख ३० हजार ८४६ युनिट इलेक्ट्रिक दुईपाङ्ग्रे बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६१.१० प्रतिशत बढी हो ।

त्यस्तै, इलेक्ट्रिक तीनपाङ्ग्रे १ लाख २० हजार ३३० युनिट बिक्री भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २५.४५ प्रतिशत बढी हो । इलेक्ट्रिक प्यासेन्जर कारको बिक्री ७२.९१ प्रतिशतले बढेर ५२ हजार १०४ युनिट पुगेको छ । इलेक्ट्रिक कमर्सियल भेहिकलको बिक्री पनि १५४.५६ प्रतिशतले बढेर ६ हजार ३८७ युनिट पुगेको छ ।

समग्र सवारीसाधन बिक्रीतर्फ दुईपाङ्ग्रे ४३ लाख १३ हजार २७६ युनिट बिक्री भएका छन् । तर, प्यासेन्जर कारको बिक्री भने ७.१६ प्रतिशतले घटेर ७ लाख ४८ हजार ६१६ युनिटमा सीमित भएको छ ।

फाडाका अनुसार यस अवधिमा बिक्री भएका प्रत्येक १० सवारीसाधनमध्ये करिब एउटा ईभी रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...