कार नकिनी घर नजाने बालकको भिडियो भाइरल
काठमाडौं–चिनियाँ अटो अटो ब्रान्ड साओमीको सोरुममा एक बालकले कार नकिनेसम्म...
काठमाडौं–ग्रेट वाल मोटर (जीडब्लूएम) ले आफ्नो ओरा ब्रान्डअन्तर्गत नयाँ विद्युतीय कार ओरा ७ सार्वजनिक गरेको छ । मिडसाइज सेडान सेग्मेन्टको यो कार कुपे र वागन (ट्राभल एडिसन) गरी दुई बडी स्टाइलमा उपलब्ध हुनेछ ।
चीनमा ओरा ७ पाँच भेरियन्टमा सार्वजनिक गरिएको छ । यसको मूल्य १ लाख १९ हजार ८०० देखि १ लाख ६९ हजार ८०० युआन (करिब १७ हजार ९०० देखि २५ हजार ३०० अमेरिकी डलर) सम्म तोकिएको छ ।
क्लोज्ड ग्रिल, गोलाकार हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन दिइएको यस कारको सेन्टर कन्सोलमा वायरलेस फोन चार्जिङ र दुईवटा कप होल्डरसमेत उपलब्ध छन् ।
कारमा ५८.३ र ६८.९ किलोवाट आवर क्षमताका एलएफपी ब्याट्री विकल्प दिइएको छ । यी ब्याट्रीले सीएलटीसी परीक्षणअनुसार ५३५, ५६० र ६३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
ओरा ७ मा लिडारसहितको एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम पनि उपलब्ध छ । यसमा १९२ लाइनको लिडार, तीन मिलिमिटर वेभ राडार, ११ वटा हाई डेफिनिसन क्यामेरा र १२ वटा अल्ट्रासोनिक राडार समावेश छन् ।
नयाँ ओरा ७ लाई यसअघि बजारमा आएको ओरा लाइटनिङ क्याटको नयाँ पुस्ताको मोडलका रूपमा समेत हेरिएको छ ।
जीडब्लूएमका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध छन् । हाल ओरा ५ र हाभल जोलियन ईभी बिक्री भइरहेको सन्दर्भमा नयाँ ओरा ७ समेत अवको केहि समयपछि नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...