कार नकिनी घर नजाने बालकको भिडियो भाइरल

काठमाडौं–चिनियाँ अटो अटो ब्रान्ड साओमीको सोरुममा एक बालकले कार नकिनेसम्म घर नजाने भन्दै गरेको जिद्दी अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

नोभेम्बर २१ मा चिनियाँ अटो ब्लगरले सार्वजनिक गरेको भिडियोमा ती बालक साओमीको स्काइनोम्याड एन९० म्याक्स स्टुडियो मोडलतर्फ आकर्षित भएको देखिन्छन् । कारको विद्युतीय पपअप रूफ खुला रहेको अवस्थामा बालक त्यसतर्फ अघि बढेका थिए ।

उक्त भिडियो भाइरल भएपछि साओमीका सीईओ लेई जुनले नोभेम्बर २३ मा आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै बालकलाई कुन मोडल मन परेको हो भनेर प्रश्न गरेका छन् । भिडियोमा प्रतिक्रिया जनाउँदै केही प्रयोगकर्ताले लेई जुनले बालकको परिवारलाई कार उपहार दिन सक्ने भन्दै मजाकसमेत गरेका छन् । तर कम्पनी वा लेई जुनले कार उपहार दिने कुनै घोषणा गरेका छैनन् ।

कस्तो छ एन९० म्याक्स स्टुडियो ?
चीनमा २ लाख ९९ हजार ९०० युआन (करिब ४४ हजार ९०० अमेरिकी डलर) मूल्य तोकिएको यो पाँच सिट क्षमताको ईभीमा विशेष विद्युतीय रूफ कम्पार्टमेन्ट दिइएको छ । यसमा तेस्रो रोको सट्टा माथिल्लो भागमा छुट्टै स्थान बनाइएको छ, जसलाई कार पार्क गरेको अवस्थामा प्रयोग गर्न सकिन्छ ।

यसको माथिल्लो कम्पार्टमेन्ट २,११० × ९८५ एमएम आकारको छ र अधिकतम २०० किलोसम्म भार थाम्न सक्छ । दोस्रो रोका सिटलाई फोल्ड गरेर १,८७० × १,२४० एमएमको बेड बनाउन सकिन्छ ।

यसमा ७६ किलोवाट आवरको ब्याट्री र १.५ लिटर टर्बो पेट्रोल रेन्ज एक्सटेन्डर जडान गरिएको छ । डुअल मोटरले संयुक्त रूपमा ३१० किलोवाट (४१६ हर्सपावर) पावर उत्पादन गर्छ ।

कम्पनीका अनुसार यसले सीएलटीसी परीक्षणमा ४६२ किलोमिटर इलेक्ट्रिक रेन्ज र कुल १,६८८ किलोमिटर रेन्ज दिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...