कोरला नाकाबाट ४ महिनामै भित्रिए ७ हजार ईभी
काठमाडौं–नेपाल–चीन सीमा कोरला नाकाबाट चालु वर्षको पहिलो ४ महिनामा सात...
काठमाडौं–अमेरिकी स्टार्टअप कम्पनी अप्टेराले २० वर्षको प्रयासपछि आफ्नो पहिलो सोलार इलेक्ट्रिक कार तयार पारेको छ ।
लामो समयदेखि उत्पादनको तयारी गरिरहेको कम्पनीले नोभेम्बर १९ मा पहिलो ग्राहकका लागि तयार पारिएको गाडी सार्वजनिक गरेको हो ।
कम्पनीले पहिलो गाडी आफ्नो प्रारम्भिक लगानीकर्ता मार्टिन हार्टोनोका लागि निर्माण गरेको हो । इन्डोनेसियास्थित जीडीपी भेन्चर्सका सीईओ हार्टोनो स्वयं उपस्थित हुन नसकेपछि उनका प्रतिनिधिले अमेरिकाको क्यालिफोर्नियास्थित काल्र्सबाडमा कार बुझेका थिए ।
म्याट ब्ल्याक ‘नोइर’ कलरमा तयार पारिएको उक्त कार अमेरिकाबाहिर निर्यात गर्ने कम्पनीको योजना छ । अप्टेराको विशेषता यसको तीन पांग्रे डिजाइन र बडीमै जडान गरिएका सोलार प्यानल हुन् ।
कम्पनीका अनुसार अनुकूल घाम लागेको अवस्थामा यी प्यानलबाट दैनिक ४० माइल (करिब ६४ किलोमिटर) सम्मको यात्राका लागि आवश्यक ऊर्जा प्राप्त गर्न सकिन्छ । यसलाई सामान्य विद्युतीय गाडीझैँ बाह्य चार्जिङबाट पनि चार्ज गर्न सकिन्छ ।
सोलार प्रविधि र ब्याट्रीको संयोजनमार्फत ऊर्जा खपत कम गर्ने उद्देश्यले कम्पनीले यो गाडी विकास गरेको हो । विशेषगरी दैनिक छोटो दूरी यात्रा गर्ने र लामो समय घाम लाग्ने स्थानमा पार्किङ गर्ने ग्राहकलाई यसले फाइदा पु¥याउने अपेक्षा गरिएको छ ।
अप्टेराले यसअघि सन् २०२६ को अन्त्यसम्म पहिलो ४० वटा उत्पादन गाडी निर्माण सुरु गर्ने र सन् २०२७ को सुरुवातदेखि ग्राहकलाई डेलिभरी दिने लक्ष्य सार्वजनिक गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...